OnlinePana

आज : २०८१ बैशाख २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,मंसिर १, २०७९ जुम्ला,
२५५ पटक

कात्तिक ३० गते । जुम्ला प्रदेशसभा (ख) गठवन्धनका तर्फबाट कर्णाली प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार मन्त्री पदमबहादुर रोकाया मैदानमा छन् । रोकाया सँग अहिले त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

नेपाली भाषाको उद्गमस्थल सिंजा क्षेत्रका तीन स्थानीय तह र तिला गाउँपालिका समेटिएको प्रदेश (ख) मा सत्ता गठवन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका रोकाया सँग नेकपा एमालेका उम्मेदवार टेकराज पछाई विच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । रोकाया २०७४ सालको निर्वाचनमा नेकपा हुदा तत्कालिन समयमा माओवादी सँगको गठवन्धनमा एमालेका उम्मेदवार रोकाया उम्मेदवार भई प्रदेश (ख) बाट बिजय भएका थिए ।

यस पटक एकिकृत समाजवादीलाई सत्ता गठवन्धनको सो क्षेत्रमा टिकट भएपछि मन्त्री रोकाया फेरी पनि मैदानमा छन् । सो क्षेत्रमा एमालेका पछाईको उम्मेदवारी सँगै नेपाली कांग्रेसका पुराना नेता धनबहादुर बस्नेतले प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्् ।
यस्तै सो क्षेत्रमा नेमकिपाका विर्खबहादुर रावत र राप्रपाको पनि उम्मेदवार हुनुहुन्छ । तर नेमकिपा र राप्रपाको मत कम देखिन्छ ।
एकिकृत समाजवादी भने एमाले विभाजन हुदा हुदा अहिले मन्त्री रोकायालाई बिजय हुन नेकपा माओवादी र नेपाली कांग्रेसको भर बढि हुनेछ । पहिलो निर्वाचनमा पनि माओवादीको भारी मत पाएका थिए ।

यस क्षेत्रमा कांग्रेस र माओवादीको उम्मेदवार नहुदा माओवादीको मत गठवन्धनका रोकायालाई जाने देखिन्छ तर नेपाली कांग्रेसका नेता धनबहादुर बस्नेतको स्वतन्त्र उम्मेदवारी परेको हुदा केही कट्ने अनुमान छ । यद्यपी गठवन्धनले ईमान्दारीता देखाएमा रोकायाको जीतको अनुमान देखिन्छ ।

गठवन्धनका उम्मेदवार तथा कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री रोकायाले यस पटक आफु बिजय भएमा सिंजा सभ्यता विधेयक संशोधन गरि विउताउने देखी अधुरा काम पुरा गर्ने बताउनुभयो । उहाँले नाग्म गमगडि राजमार्गको स्तरबृद्धि, सिंजा सभ्यताको विकास सहित विभिन्न काममा सघाउनेमा जोड दिनुभयो ।

एमालेका उम्मेदवार टेकराज पछाई भन्नुहुन्छ, गाउँमा आमजनताका समस्याहरु धेरै छन् । बिगतमा चुनाव जितेर गएका नेताहरुको कार्यशैली र ब्यबहारप्रति आमजनसमुदायका अनगिन्ती प्रश्नहरु छन् । ती प्रश्नहरुप्रति जवाफदेही हुनु र राजनीतिभित्र लागेका फोहोर सफा गर्नु आजको मुख्य कार्यभार हो । त्यो पुरा गर्न अबिचलित र शसक्त ढंगले कृयासिल हुने संकल्प छ ।

कांग्रेसका पुराना नेता स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेत आफुले नेपाली कांग्रेसको विभिन्न नेतृत्व समालिसके पनि आफुलाई ७० बर्ष नाघ्दा पनि अवसर नपाएकोमा गुनासो गर्नुभयो । उहाँले २ पटक गाविस अध्यक्ष, ३ पटक तत्कालिन समयमा क्षेत्रपाल भएपनि पछिल्लो समय पार्टीले विश्वास नगरेको भन्दै आफुले जुम्लाको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी भएकोमा जोड दिनुभयो ।
प्रदेश (ख) सिंजा क्षेत्र पर्दछ, नेपाली भाषाको उद्गम स्थल सिंजा र खस सभ्यताको जन्मभूमि भएपनि हाल सम्म सिंजा सभ्यताको संरक्षणका बिषयमा प्रथामिकता परेको देखिदैन ।

यस अघि प्रदेश पुर्वमन्त्री तथा (क) सांसद नरेश भण्डारीले संसदमा गैरसरकारी विधेयकको रुपमा दर्ता गर्नुभ्रएको सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक अघि संसद सँगै तुहिएको छ । यस बिषयमा कैयौ सिंजालीले यो एजेण्डाका बिषयमा उम्मेदवारलाई प्रश्न गर्दै आएका छन् ।
मन्त्री रोकायाले यस पटक विधेयक पुन विउताउने र सिंजा सभ्यताको संरक्षण तथा विकासमा जोड दिनेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्