OnlinePana

आज : २०८३ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक ३०, २०७९सुर्खेत
३१३ पटक

३० कात्तिक २०७९, बुधबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

लेकवेशी नगरपालिका ९ सुर्खेत चौरासे निवासी करिब ७२ वर्षीय डिल्लीसरा जैसी (भण्डारी)को मृत्यु प्रकरणमा संलग्न भएको बताउँदै प्रहरीले जैसीको ज्वाईं नाता पर्ने सोही वडाका ३३ वर्षीय सालिकराम बस्तोलालाई समातेको हो । चौरासे गाउँस्थित तिल्के पानी भन्ने स्थानमा बस्दै आएकी जैसीसँग भएको वादविवादमा बास्तोलाले धकेल्दा उनी लडी ढुंगामा टाउको ठोकिदा घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जैसीको मृत्युपश्चात् फरार बास्तोला फरार थिए । ईलाका प्रहरी लेकबेशी सुर्खेतबाट प्रहरी निरीक्षक चक्र बहादुर देउवा नेतृत्वमा गएको टोलीले आज भेरीगंगा नगरपालिका ५ सुर्खेत कालिदमारस्थित आफ्नो बहिनी कमला पुनको घरबाट उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको सूचना अधिकारी कार्कीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्