OnlinePana

आज : २०८१ बैशाख २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २९, २०७९
२१७ पटक

२९ कात्तिक २०७९, मंगलबार

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दैलेख आउने कार्यक्रम रहेको छ ।

कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावी आमसभालाई सम्बोधन गठबन्धनको शीर्ष नेतृत्वद्वय देउवा र प्रचण्ड कर्णाली आउने कार्यक्रम रहेको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिनुभयो । काँग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल आउने जानकारी भएको अध्यक्ष केसीले बताउनुभयो ।

नवलपरासीको कार्यक्रम सम्पन्न गरी दिउसो १२ः०० सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी किनारमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने र दिउँसो २ः०० बजे दैलेखको दुल्लुमा आयोजित चुनावी तीनै नेतालाई आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्