OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,कार्तिक २८, २०७९ जुम्ला,
१७८ पटक

कात्तिक २८ गते । कनकासुन्दरी गाउँपालिका वडा नम्बरले आफ्नो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ ।
गाउँपालिका निकै टाढा र आउन जान कठिन भएकाले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट वितरण गरिएको वडाध्यक्ष भिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

वडाध्यक्ष भण्डारीका अनुसार कनकासुन्दरी गाउँपालिका सामाजिक सुरक्षा शाखा र कुमारी बैंक गोठी ज्युँलाको सहयोगमा वडामै भत्ता वितरण कार्य संम्पन्न गरिएको छ ।

उहाँका अनुसार ज्येष्ठ नागरिक आमा बुवाहरु, अपांगता भएका व्यक्ति, एकल महिला, वालवालिकालाई ६÷७ घण्टा हिडेर बैक सम्म पुग्नु पर्ने, यातायात असुबिधा भिर जंगल, खोलाको असहज बाटोले जान आउन गाँह्रो भयो भन्ने जनगुनासो आएपछि हामी निर्बाचित भएर आई सकेपछी वडामै ल्याएर बाडिरहेका छौ ।

सामाजिक सुरक्षाभत्ता वडामै ल्याएर बाडेको यो दोस्रो पटक हो । अहिले ज्येष्ठ आमा बुवा लगायत सेवा ग्राही सबै स्थानिय सरकार पाएको महसुस गरिरहेका छ्न । पहिलो दिन यस वडाका जम्मा सेवाग्राही ३०३ जनामा १९१ जनाले शनिवार सेवा पाएका छन् ।

प्रतिकृया दिनुहोस्