OnlinePana

आज : २०८२ बैशाख १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २७, २०७९
३६३ पटक

कात्तिक २७ गते, निर्वाचन सुरक्षा बुझ्नका लागि मुख्य सचिव शंकरदास वैरागी सहितको सचिव स्तरको टोली कर्णालीमा पुगको छ ।
निर्वाचन अनुगमन तथा सुरक्षाको व्यवस्थाको अवस्था वुझ्न मुख्य सचिव वैरागी, गृह सचिव विनोद प्रकाश सिंह, रक्षा सचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधु कुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देल सहितको टोली कर्णालीमा नेपाली सेनाको हेलिकोप्टरमा जुम्ला पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सचिवहरुको टोलीले जुम्लामा निर्वाचन र सुरक्षाको तयारीको बिषयमा जिल्ला सुरक्षा समिति सँग छलफल तथा आवश्यक निर्देशन समेत गरेको छ । उनका अनुसार नेपाली सेनाको २४ नम्बर बाहिनी जुम्लामा कर्णाली र जिल्लाको निर्वाचन तयारी तथा सुरक्षाको बिषयमा छलफल सम्पन्न गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार छलफलमा नेपाली सेनाको २४ नम्बर वाहिनीका वाहिनीपति रामचन्द्र केसीले साविक कर्णालीको ५ जिल्लाको सुरक्षा अवस्था र तयारीको बिषयमा प्रस्तुती गर्नु भएको छ, भने जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जुम्ला जिल्लाको सुरक्षा अवस्था र तयारीको बिषयमा जानकारी गरिएको छ ।

नेपाल सरकारको उक्त उच्च स्तरको सरकारी टोलीले निर्वाचन र सुरक्षाका बिषयमा आवश्यक निर्देशन समेत गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । मुख्य सचिव वैरागीले अहिले सरकारको लक्ष्य नजिकिदै गरेको निर्वाचन भएकाले जिल्लामा स्थानीय प्रशासन सहित सवै सुरक्षा निकायका प्रमुखहरु समन्वय सहकार्य गरेर अगाडि बढ्न निर्देशन गरेका छन् ।

नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाका अनुसार मुख्य सचिव ससिहतको उच्च स्तरको टोली जुम्ला, हुम्ला हुदै मु्गु बस्ने तालिका रहेको छ । सोमवार उक्त टोली निर्वाचनको अनुगमन गर्न सुदुरपश्चिम तिर लाग्ने तालिका छ ।

 

 

प्रतिकृया दिनुहोस्