

कात्तिक २४ गते । नेकपा माओवादी केन्द्र जुम्लाले आगामी मंशिर ४ गते निर्वाचन नजिकिदै जादा तिब्र गतिमा प्रचार अभियान थालेको छ ।
गठवन्धन जिताउनका लागि भन्दै पार्टीको आन्तरिक प्रचार अभियानको गति तिब्र बनाएको हो । माओवादी जुम्लाको आयोजनामा वुधवार बसेको आन्तरिक जिल्ला स्तरीय अगुवा कार्यकर्ताको वैठकले निर्वाचनमा प्रचार अभियान तिब्र र व्यवस्थित बनाउन प्रदेश (क) मा वैकल्पिक केन्द्रीय सदस्य नवराज न्यौपाने र प्रदेश (ख) मा प्रवास समन्वय समितिका सदस्य मनऋषि धिताल सहितको पार्टीको टिमलाई खटाएको छ ।
कर्णाली प्रदेश अध्यक्ष विमला केसी, पोलिटब्यूरो सदस्य नरेश भण्डारी, नेता मनऋषि धिताल, जिल्ला संयोजक विरबहादुर कुँवर सहितका अगुवा नेता कार्यकर्ताको उपस्थितिमा प्रचारमा कार्यगत विभाजत गरिएको हो । वैठकले चन्दननाथ नगरपालिकामा बिष्णुबहादुर महत, गुठिचौर गाउँपालिकामा भवानी प्रसाद अधिकारी, तातोपानीमा लक्ष्मी उपाध्याय, पातारासीमा हरिबहादुर बुढालाई चुनावी ईन्चार्ज तोकिएको पार्टी संयोजक बिरबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार कनकासुन्दरीमा सुर्यमणी हमाल, हिमामा रजबहादुर शाहीको नेतृत्वमा चुनावी प्रचार कमाण्डर तोकिएको माओवादी स्रोतले जनाएको छ ।
माओवादीले सोही अनुसार तालिका बनाएर स्थानीय तहमा समेत खटिएको जानकारी दिएको छ । पोलिटब्यूरो सदस्य भण्डारीका अनुसार पालिका तहका नेतृत्वले वडाको कमिटी चाडै बनाउने, वडाले गाउँ कमिटि बनाएर अगाडि बढ्न निर्देशन गरिएको जानकारी दिनुभयो ।
उहाँले ६ घण्टा लामो संचालन भएको वैठकमा माओवादी जुम्लाले हाल सम्मको गम्भिर समिक्षा गर्र्दै चुनावमा खटिन र माओवादीको समानुपातिक मत समेत बढाउन निर्देशन गरेको छ । नेता भण्डारीले माओवादीको ब्राण्ड निर्देशन र ईमान्दारीता भएकाले सो पालन गर्न मैदानमा गई गठवन्धनको बिजय गराउन सन्देश वोकेर अगुवा कार्यकर्ता गाउँ फर्किएका बताउनुभयो ।
वैठकमा कर्णाली प्रदेश अध्यक्ष केसीले व्यक्ति को हो ? त्यो बिषय प्रधान नभई पार्टी र व्यवस्थाको रक्षाका लागि खास माओवादीको रुप देखाउन निर्देशन दिनु भएको पार्टी स्रोतले जनाएको छ । नेता मनऋषि धितालले मंशिर ४ को यूद्धमा जित हाशिल गर्न कार्यकतालाई अनुरोध गर्नुभयो ।वैठकले अन्य सवै अगु्वा नेताले आफ्नो वडा र पालिकामा केन्द्रित हुनुपर्नेछ ।
नेता मनऋषि धितालले वैठकमा स्थानीय तह निर्वाचन, समानुपातिक उम्मेदवार सिफारिस, हाल निर्वाचनका वेला भईरहेका गतिविधिको बिषयमा बहृत छलफलमा अगुवा नेता कार्यकर्ताबाट आएका बिषयको समिक्षा भएको, आत्मआलोचना सहित आगामी दिनमा पार्टी विरासत जोगाउन एक ढिक्का भएर वैठक समापन भएको जानकारी दिनुभयो ।
जुम्लामा गठवन्धनका तर्फबाट उम्मेदवार प्रतिनिधिसभामा माओवादी केन्द्रका गोमा कुँवर, प्रदेश (क) मा नेपाली कांग्रेसका ललितजंग शाही र प्रदेश (ख) मा पदम रोकाया रहेका छन् ।