OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २४, २०७९जुम्ला,
२२२ पटक

 

जुम्ला, २४ कात्तिक । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिदै छ । जुम्लामा तीन दिन देखी संचार सेवा अस्तव्यस्त भएको छ । तिन दिन यता ंईन्टरनेट सेवा र भ्वाइसकल पुर्ण रुपमा अबरुद्ध हुदा समस्या भएको हो ।
नेटवर्क आउने र जाने समस्याले उपभोक्तालाई सास्ती भएको छ । भ्वाईसकल र इन्टरनेट सेवा अबरुद्ध हुँदा चुनावी गतिविधि प्रकाशन लगायतका कामहरु प्रभावित भएका छन् । भ्वाईसकलमा कुरा नबुझिने,फोन नलाग्ने,नाम मात्रको फोरजी देखिने टुजी बजारको काम नगर्ने समस्याले उपभोक्ता मारमा परेका हुन् ।

असोज अन्तिम साताको विपद्ले प्रभावित भएको टेलिफोन तथा इन्टरनेट सेवा मर्मतपछि सञ्चालनमा आएपनि पटक पटक अबरुद्ध हुँदा नागरिकले सास्ती पाएको जनगुनासो बढेको छ । संचार सेवा अस्तव्यस्त भएको गुनासोपछि नेपाल पत्रकार महासंघ जुम्लाले विहिबार जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत नेपाल दुरसंचार प्राधिकरण र निर्वाचन आयोगलाई विज्ञप्ती बुझाउदै संचार सेवा सुधारका लागि ध्यानकर्षण गराइएको छ ।

महासंघले दिएको ज्ञापनपत्रमा भनिएको छ,“जिल्लामा फोरजी सेवा सञ्चालन भएपनि टुजी जस्तो सेवा छ । टेलिफोन र इन्टरनेट सेवा पटक पटक अबरुद्ध हुँदा सरकारी तथा गैर सरकारी कामकाज, निर्वाचन तयारीको काम र संचारगृह प्रत्यक्ष प्रभावित भएका छन् । उपभोक्ता मारमा परेको गुनासो बढेको छ । समस्या पहिचान गरी यथासक्य सामाधान गरी सेवा प्रवाह गर्न ध्यानाकर्षण गर्दछौँ ।”

प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जुम्लाको संचार सेवा दयनीय भएकोले सुधारका लागि पहल भईरहेको बताए । क्षामता कम र प्रयोगकर्ता बढी हुँदा समस्या आएकोले चिमारा र माइथाप्लामा क्षामता बृद्धिको लागि काम भईरहेको उल्लेख गरे । पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले चुनाव नजिकीदै गर्दा जुम्लामा संचार सेवा अबरुद्ध हुँदा सबै गतिविधि प्रभावित भएको बताए ।

सार्वजानिक चासोको विषयलाई उजागर गर्न महासंघले ध्यानकर्षण गराएका छौ । चाडै सुधार नभए अन्य दबाबका कार्यक्रम अघि बढाउने अध्यक्ष शाहीको भनाई छ । यता नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले चिमरा टावरको आइडियू र ओडियू सिस्टममा समस्या आएको बताए । नयाँ मेसिन जडाको काम भईरहेकोले शुक्रबार साँझबाट सुधार हुने श्रेष्ठको दाबी छ । टेलिफोन राम्रो नहुने र ईन्टरनेट नभएकाले सरकारी कामकाजमा समेत प्रभावित भएको छ ।

 

 

प्रतिकृया दिनुहोस्