OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गठबन्धनले बहुमत ल्याएर संघ र प्रदेश सरकार बनाउँछः अध्यक्ष प्रचण्ड

गठबन्धन संविधान र लोकतन्त्रको रक्षाकवजः उपसभापति खड्का

कोरपाटी संवाददाताकार्तिक २२, २०७९सुर्खेत
३६१ पटक

२२ कात्तिक २०७९, मंगलबार

कर्णाली, २२ कात्तिक (रासस)ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन दलले बहुमत ल्याएर संघ र प्रदेश स्थायी सरकार बनाउने बताउनुभएको छ ।

सल्यानमा आकस्मिक अवतरण गरी जिल्लास्थित गठबन्धनका नेतासँगको भेटमा त्यहाँको वस्तु स्थितिबारे जानकारी लिएर उहाँले जुम्ला, हुम्ला र कालीकोटको चुनावीसभालाई सम्बोधन गर्नुभयो । सम्बोधनको क्रममा मंसिर ४ गते हुने चुनाव अग्रगमन र प्रतिगमनको लडाई भएको अध्यक्ष प्रचण्डले जनाउनुभयो ।

तीन जिल्लाको आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “गठबन्धनको जीत सुनिश्चित भएकोले अबको विकास कर्णाली र सुदूरपश्चिममा हुन्छ । कर्णाली राजमार्ग कालोपत्र मात्रै नभई त्यसलाई फराकिलो बनाउन मसहित गठबन्धनको प्राथमिकतामा परेको छ ।”

उहाँले सिञ्जा सभ्यता नेपालको गौरवको सभ्यता भएकाले राज्यले सिञ्जासम्बन्धी विशेष प्रतिष्ठान बनाएर अगाडि बढाउने र नेपालकै लागि उक्त सभ्यताको विकास एवं संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । संविधान, संघीयता रक्षार्थ गठबन्धन बनेको बताउँदै उहाँले देशलाई अँध्यारोबाट बचाउन ७० वर्ष लगाएर जनताले ल्याएको अधिकारको रक्षाका लागि सबै मतदाताले गठनबन्धनलाई जिताउन अपिल गर्नुभयो ।

अध्यक्ष प्रचण्डले आफूले एक पटक खाएको मार्सी चामलको खानाले बजार लिएकोमा खुसी व्यक्त गर्दै जुम्लामा पनि राजतन्त्रका प्रेतात्माहरु देखिएकोले े कर्णाली प्रदेशमा जागरण गर्न आवश्यक रहेको जनाउनुभयो । उहाँले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई आग्रह गर्नुभयो ।

ओलीको अहंकारी र स्वेच्छाचारी निर्णयविरुद्ध नै गठबन्धन बनेको हो,” उहाँले भन्नुभयो, “संविधान, संघीयता, समानता, महिलाको हक अधिकारको रक्षाको लागि यो गठबन्धनलाई जिताउनुहोस् ।” देशलाई उल्ट्याउन चाहनेहरुको अर्को गठबन्धन बनेकोले त्यसको विपक्षमा उभिन उहाँले जनतालाई आग्रह गर्नुभयो ।

गठबन्धन संविधान र लोकतन्त्रको रक्षाकवजः उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्ता गठबन्धन संविधान र लोकतन्त्रको रक्षाकवज भएको बताउनुभएको छ । कर्णालीका तीन जिल्लाको चुनावीसभा सम्बोधनको क्रममा उहाँले मुलुकको विकास र समृद्धिका लागि गठबन्धनको विकल्प नरहेको बताउनुभयो ।

“यो व्यवस्था बचाउनका लागि जनताले अहिलेको गठबन्धनलाई जिताउनेमा विश्वस्त छु,” सभापति खड्काले भन्नुभयो, “म तपाईहरुलाई गठबन्धनको पक्षमा भोट हाल्न आग्रह गर्दछु । उहाँले संविधान, लोकतन्त्र र गणतन्त्रात्कि व्यवस्था मास्न कुचेष्टा गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनतासामु गएर भोट माग्न राजनीतिक अधिकार र नैतिकता नभएको कटाक्ष गर्नुभयो ।

अध्यक्ष ओलीले संविधान र संघीयतालाई अपहरण गरेको आरोप लगाउँदै उहाँले जनताको बलिदानीपश्चात् स्थापित गणतन्त्र र संघीयतामाथि अपराध गर्नेहरु पराजित हुने दावी गर्नुभयो ।

प्रतिकृया दिनुहोस्