OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २२, २०७९जुम्ला
५३९ पटक

२२ कात्तिक २०७९, मंगलबार

जुम्लाका युवा नेतृ लक्ष्मीकन्या बुढाद्वारा लिखित निबन्ध संग्रह ‘छरिएका खुशीहरु’ विमोचन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मंगलबार जुम्लामा संयुक्तरुपमा विमोचन गर्नुभएको हो ।

उक्त पुस्तक विमोचन गर्दै अध्यक्ष प्रचण्डले समाजको वास्तविक चरित्रलाई शब्द चित्रद्वारा प्रकाशमा ल्याएर गतिलो सन्देश दिन प्रयासरत सर्जक स्रष्टाप्रति अभारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समाजमा उपलब्ध यस्ता सृजना र प्रतिभाहरुको संरक्षण गर्नुपर्छ ।”

लेखिका बुढाले वर्तमान राजनीतिका कारण निराश भएर बसेका पूर्णकालीन कार्यकर्ता, सहिद परिवार र घाइेत अपाङ्गहरुको समस्या र अवस्थालाई शब्दमा उतार्नुभएको छ । उक्त निबन्ध संग्रहको सारले भन्छ, “अहिलेको उपलब्धि हाम्रो रगत र पसिना साटेर आएको हो । हामीले निराश होइन, खुशी हुनुपर्छ । हाम्रा छरिएका खुशीहरुको संगम एउटै हुनुपर्दछ । किनकी राष्ट्रको परिवर्तनसँग हाम्रो सम्बन्ध जोडिएको छ ।”

त्यस्तै, पिछडिएका क्षेत्रका महिलाको विद्यमान अवस्था, बालबिबाह, श्रम, कार्यबोझदेखि समाजमा भएका विकृति, साँस्कृतिक कुप्रथा र त्यसले मानवीय जीवनमा पारेका प्रभावलाई पनि निबन्ध संग्रहमार्फत उजागर गरिएको छ ।

यस अघि बुढाले लेख संग्रह ‘कर्णालीमा महिला’ भाग–१ र २ प्रकाशन गरिसक्नुभएको छ । तेस्रो कृति ‘मुक्ति अभियान’ प्रकाशन गर्नुभएका उहाँले निबन्ध संग्रह ‘छरिएका खुशीहरु’ चौथो कृतिका रुपमा प्रकाशमा ल्याउनुभएको हो । बुढा नेकपा (माओवादी केन्द्र) जुम्लाबाट प्रदेशसभाका समानुपातिकतर्फका उम्मेदवार पनि हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्