OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २२, २०७९सुर्खेत
१८५ पटक

२२ कात्तिक २०७९, मंगलबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कर्णाली आउने हुनुभएको छ । अध्यक्ष प्रचण्ड माथिल्लो कर्णालीका तीन जिल्लाको पाँच ठाउँमा आयोजित गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्न आउन लाग्नुभएको हो ।

जुम्ला सदरमुकाम खलंगा, सिंजा, कालीकोटको मान्म, रास्कोट र हुम्लाको सर्केगाडमा आयोजित सत्ता गठबन्धनको चुनावी आमसभा सम्बोधनका लागि उहाँसहित नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का कर्णाली आउन थाल्नुभएको नेकपा (माओवादी केन्द्र)का मनऋषि धितालले जानकारी दिनुभयो ।

“अध्यक्ष प्रचण्डसहित काँग्रेस उपसभापति खड्कालगायतका नेताहरु आज बिहान सुर्खेत ९ः३० आइपुग्ने र करिब १०ः०० बजे जुम्ला उड्ने कार्यतालिका छ,” नेता धितालले भन्नुभयो, “दुवैले जुम्ला सदरमुकाम र सिंजाको कार्यक्रम दुई घण्टा सम्बोधन गरेपछि दिउसो १२ः०० बजे हुम्लाको सर्केगाडको चुनावी आमसभालाई सम्बोधन गर्न पुग्नु हुनेछ ।”

सर्केगाडको सम्बोधन पछि दिउसो २ः०० बजे कालीकोटको मान्म र रास्कोटमा आयोजित गठबन्धनको चुनावी आमसभालाई प्रचण्ड र उपसभापति खड्काले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको काँग्रेस नेता एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिनुभयो ।

कालीकोटको मान्म र रास्कोटमा बेलुका ४ः०० बजे सम्बोधन सकेसँगै ५ः०० सुर्खेत भएर आजै साँझ अध्यक्ष प्रचण्ड, उपसभापति खड्का काठमाडौं फर्कने बताइएको छ । चुनाव केन्द्रित कार्यक्रम सम्बोधनका लागि कर्णालीमा हुन लागेको शीर्ष नेतृत्वको आगमन गठबन्धनको जीत र विपद् पीडितका समस्या समाधान गर्न जोड पुग्ने विश्वास गरिएको छ ।

प्रतिकृया दिनुहोस्