OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,कार्तिक २१, २०७९जुम्ला,
४०८ पटक

कार्तिक २१ गते । नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्ष सहितका बहुमत कार्यसमिति सदस्य नेकपा एमालेमा फर्केका छन । नेकपा एकीकृत समाजवादी र एमालेका दुई जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर जुम्ला पार्टी समायोजन भएको घोषणा गरेका हुन् ।
नेकपा एमाले जुम्लाले गरेको पत्रकार भेटघाटमा अध्यक्ष शान्तिलाल महतले दुई पार्टी समायोजन भएको जानकारी दिनुभयो । अध्यक्ष महत र नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्ष आदिप्रसाद न्यौपानेको हस्ताक्षरित संयुक्त विज्ञप्तिमा पार्टी समायोजन भएको जानकारी दिनुभयो ।

उहाँले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पाटीमा कुनै औचित्य नभएपछि नेकपा एमालेको मुलघरमा समायोजन भएको बताउनुभयो । उहाँले हिजो एमालेबाट समाजवादी हुदा जुन प्रकारको उद्देश्य थियो । त्यो औचित्य पुष्टि नभएको जानकारी दिनुभयो । मंसिर ४ मा हुने निर्वाचनमा ऐमालले पाटीलाई पहिलो पाटी बनाउनका लागी एक मत भएको बताउनुभयो ।

पछिल्लो समय निर्वाचित जनप्रतिनिधि बाहेक अधिकांश नेता कार्यकर्ता एमाले फर्किन लागेको एक नेताले जानकारी दिएका छन । नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन भएपछि एकीकृत समाजवादीको सबैभन्दा धेरै प्रभाव जुम्ला जिल्लामा परेको थियो । पछिल्लो समय समाजवादीको उच्च तहको नेतृत्वमा रहेका नेता कार्यकर्ताले विद्रोहको ओैचित्यता माथि प्रश्न उठाएर पार्टी एकताको बहस चलाएपछि बहुमत कार्यकर्ता एमालेमा फर्किन राजी भएको एमालेका अध्यक्ष शान्तिलाल महतले बताउनुभयो ।

उहाँका अनुसार पार्टी एकतापछि जुम्लामा एमाले बलियो हुने दाबी गरीएको छ । एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार रतननाथ योगी रहेका छन् । भने प्रदेश (क) मा धिरेन्द्रराज गिरी र प्रदेश (ख) मा टेकराज पछाई उम्मेदवार बनेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तिर्थ बुढाले नेकपा एकीकृत समाजवादी पाटी यथावत रहको बताउनुभयो । उहाँले बहुमत सदस्य सहित सबै ऐमालेमै फर्केको भन्ने हल्ला मात्रै रहेको दाबी गनुभयो ।

एकीकृत समाजवादीद्वारा कारबाहीको घोषणा : 

नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुलाई निश्काशनको घोषणा समेत गरेको छ । पार्टी महासचिव डा. वेदुराम भुसालले सोमबार जारी गरेको विज्ञप्तिमा नेताहरु देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको उल्लेख छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीलाई विजयी गराउन होकिएको अवस्थामा जुम्ला जिम्ला र कर्णाली प्रदेश कमिटीको विभिन्न जिम्मेदवारीमा रहेका उनीहरुले पार्टीविरोधी शक्तिहरुसँग साँठगाँठ गर्दै पार्टीका विरुद्ध षड्यन्त्रमा संलग्न रहेकाले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको भुसालको भनाइ छ । उनीहरुलाई पार्टी विधानको कारा ६४(क), १, २, ३, ४, ५, ६ र ११ बमोजिम निष्काशन गरिएको बिज्ञप्तिमा छ ।

 

प्रतिकृया दिनुहोस्