OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,कार्तिक १५, २०७९जुम्ला,
३४२ पटक

कात्तिक १५ गते । जुम्लामा निर्वाचनको करिब आधा महिना समयमा मदिरा विक्रि वितरण तथा सेवन वन्द गरिने भएको छ ।
जिल्लामा निर्वाचन आचार सहिँता बिषयमा बसेको सर्वदलिय तथा सर्वपक्षिय वैठकमा निर्वाचन आयोगले जारी गरेको आचाँर सहिताका बिषयमा छलफल भएको छ ।

वैठकमा कात्तिक २० गते देखी मतगणना नसकिन्जेल सम्मको अवधिमा शान्ति सुरक्षा कायम गर्न मदिरा वेचविखन तथा सेवन रोक्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका  सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा हुने आमसभा, नारा जुलुस, भिडभाड लगाएतका राजनैतिक पार्टीहरुका कार्यक्रमहरु निर्वाचन अवधिभर नगर्ने नगराउने लगायतका बिषयमा निर्णय गरिएको छ । यसैगरी निर्वाचन आयोगले मंशिर ४ गते जारी गरेको निर्वाचन आँचारसहिँता पूर्ण पालना गर्ने सहितका अन्य निर्णय पनि भएका छन् ।

जिल्ला न्यायधिस तथा मु्ख्य निर्वाचन अधिकारी बिष्णु प्रसाद गौतमको उपस्थितिमा बसेको वैठकले निर्वाचनमा समन्वय सहकार्य गर्ने देखी विभिन्न निर्णय गरेको छ । वैठकमा जिल्ला निर्वाचन अधिकारी महेश शर्माले निर्वाचन आचारसहिँताको बिषयमा जानकारी दिनुभयो । उहाँले आयोगबाट प्राप्त परिपत्र, निर्देशन पढेर सुनाउनु भएको थियो ।

यसैगरी निर्वाचनको मतपत्र वाहेक सवै ५४ प्रकारको सामग्री आएको जानकारी दिनुभयो । आएका सामग्री मध्य मत पेटिका पनि रहेको छ ।
जिल्ला न्यायधिस तथा मु्ख्य निर्वाचन अधिकारी बिष्णु प्रसाद गौतमले निर्वाचनको तयारीको बिषयमा दलहरुलाई जानकारी गर्नुभएको थियो । उहाँका अनुसार यस पटक जुम्लामा आचाँरसहिँता उलंघन नभएको र अव पनि शान्तिपूर्ण निर्वाचन हुनेमा जोड दिनुभयो ।

यसैगरी कात्तिक १८ गते देखी १ गते सम्म प्रचार प्रसार र विभिन्न कार्यक्रम गर्न पाईने निर्वाचन आयोगको निर्देशन भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । त्यस अवधिमा आमसभा, कोणसभा, जुलुस गर्न पाईएपनि १ गते पछि गर्न पाईने छैन् । यसैगरी २५ भन्दा बढि मानिसहरु भेला हुन नपाउने आचार सहिँता देखी मतदान केन्द्र, कर्मचारी खटनपटनको बिषयमा छलफल भएको थियो ।

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्