OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,कार्तिक ८, २०७९जुम्ला,
७४१ पटक

कात्तिक ८ गते । बरिष्ठ पत्रकार मनऋषि धिताल क्रियाशिल राजनितिमा होमिनु भएको छ । धिताल गृह जिल्ला जुम्लामा आएर धितालले आफु सक्रिय पत्रकारितालाई छोडेर क्रियाशिल राजनितिमा लागेको बताउनु भएको छ ।

मंगलवार नेपाल पत्रकार महासंघ शाखा जुम्लाले आयोजना गरेको स्वागत तथा पत्रकार भेटघाटमा पत्रकार महासंघको सदस्यता पनि राजनितिमा हुदा सम्म नविकरण नगर्ने कुरामा जोड दिनुभएको हो ।

अर्थमन्त्री जर्नादन शर्माका जनसम्पर्क सल्लाहकार समेत रहेका धितालले राजनितिमा हुदा आफुले माक्सवादी ज्ञानकेन्द्रको सदस्य हुने बताउनुभयो । उहाँले माक्सवादी शिक्षाको निरन्तर विद्यार्थी हुनेमा पनि जोड दिनुभयो ।

आफुले काठमाण्डौ शाखाबाट नेपाल पत्रकार महासंघको साधारण सदस्यता लिएको र अव राजनितिमा प्रवेश गरिसकेपछि लेखकको रुपमा भएपनि हुने तर क्रियाशिल पत्रकारिता राजनितिमा हुदा सम्म विश्राम लिने जानकारी दिनुभयो ।

उहाँले आफु गृह जिल्ला जुम्लाबाटै मैदानमा अवदेखी पूर्णकालिन राजनितिक जीवन विताउनेमा घोषणा गर्नुभयो ।
पत्रकार भेटघाटमा उहाँले अवको आफ्नो यात्रामा ४ वटा बिषयमा केन्द्रीत हुने छ । पहिलो माक्सवादी शिक्षामा थप जोड, मातृभूमीको समृद्धि तथा विकास, प्रेस स्वतन्त्रता र प्रवासी नेपालीको बिषयमा जोड दिईने प्रतिवद्धता जनाउनु भयो ।
को हुन  धिताल ?
जुम्ला तत्कालिन शनिगाउँ गाविस १ हाल सिंजा गाउँपालिका ३ धिताललिहीका स्थायी वासिन्दा धितालको हाईस्कुल शिक्षा बर्दियाको एकप्रिय मा.वि पाथाभारमा भएको थियो । उच्च शिक्षा काठमाण्डौको आरआर क्याम्पसमा पत्रकारिता बिषयमा उच्च शिक्षा हाशिल गर्नु भएको छ ।
२०५२ सालमा माओवादीले थालेको जनयूद्ध पछि २०५३ सालमा यूद्धमा होमिनु भएको थियो । बर्दियामा रहदा अखिल छनौटमा काम गरिसकेका धिताल यूद्धकालिन मोर्चामा विभिन्न संगठन हुदै सक्रिय यूद्ध पत्रकारिता क्षेत्रमा होमिनु भएको थियो ।

जनआवह्रान, साप्ताहिक, दिशावोध मासिक हुदै, जनादेशको प्रधानसम्पादक समेत हुन भईसक्नु भएको छ । धिताल ६ बर्षे कार्यकाल प्रवासमा रहेर सामाजिक काममा अग्रसर भएको पाईन्छ ।

धिताल साहित्य र लेखनमा समेत अग्रसर हुनु हुन्छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अन्तरवार्तमा आधारित शान्तिपूर्ण जनसंघर्षका ५ बर्ष, नेता वावुराम भट्टराईको राष्ट्यिता र गणतन्त्र, नेपाल पत्रकार महासंघको प्रकाशन संकटकालमा नेपाली प्रेस नेपाली अंग्रेजी, द फाईनल डे अफ पिपुलल्स वार, सूचना तथा प्रशासरण विभागले प्रकाशन गरेको पत्रकारिता विशेशांक, यूद्ध र पत्रकारिता लगायतका पुस्तक लेखन तथा सम्पादमा काम समेत गर्नुभएको छ । सोमवार धिताल जुम्लामा आउदा पत्रकार र स्थानीयले पनि स्वागत भब्य गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्