OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक ६, २०७९सुर्खेत
२०१ पटक

६ कात्तिक २०७९ आइतबार

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेता सुर्खेत वीरेन्द्रनगरमा आइपुग्नुभएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत आज आयोजित लोकतान्त्रिक–बाम गठबन्धनको प्रदेशस्तरीय संयुक्त प्रशिक्षण एवं भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालसहित शीर्ष नेताहरु २ः१५ बजे वीरेन्द्रनगर सुर्खेतमा आइपुग्नुभएको हो ।

उनीहरु सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको संयुक्त भेलालाई सम्बोधन गरेर यहाँ आइपुगेको नेपाली कांग्रेस प्रदेश कमिटीका प्रवक्ता दमन शाहीले बताउनुभयो । उहाँका अनुसारमा भेलामा कर्णाली प्रदेशका दशवैट जिल्लाका उम्मेदवार तथा प्रत्येक दलबाट प्रतिनिधिमूलक नेताहरुको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्