OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक ४, २०७९जुम्ला ,
२४२ पटक

कात्तिक ४ गते । जुम्ला देखी डोल्पा जाने कोदारी पुल स्थानीय, नेपाली सेना, नेपाल प्रहरीको सहयोगमा एकै दिनमा निर्माण भएको छ ।
गुठिचौर गाउँपालिका वडा नम्बर २ को कोदारी काठेपुल स्थानीय सरकारको पहलमा दुई दिनमा निर्माण गरिएको हो ।
गत असोज अन्तिम सातातिर परेको अविरल बर्षासँगै आएको बाढीपहिरोले जुम्लाको सदरमुकाम खलंगादेखि पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका २ स्थित कोदारीको मोटरयवल पुल बगाएर यातायात प्रभावित भएको थियो ।

बाढीपहिरोले मोटरयवल पुल बगाएपछि गुठीचौर गाउँपालिका माथिल्लो भेगमा पर्ने मणिसाँघु, मुनिगाउँ, डिल्लीकोटसहित धेरै गाउँबस्तीमा अघोषित नाकाबन्दी जस्तै भयो । ति गाउँहरुमा दैनिक उपभोग्य बस्तुदेखि ओसारपसार गर्न निकै असज भएपछि गुठीचौर गाउँपालिका, वडानम्बर १ र दुईको अगुवाईमा दुईदिने श्रम शिविरबाट मोटरयवल काठेपुल निर्माण गरिएको छ ।

नेपाली सेनाको नन्दावक्स गण जुम्लाका जमदार भेषबहादुर रायमाझीको नेतृत्वमा ३० जना नेपाली सेनाको जनशक्ति, नेपाल प्रहरी र स्थानीय बासीसहित दुई जनाले श्रमदान गरी दुई दिनमा काठेपुल निर्माण गरिएको हो । पुल निर्माण हुदा गुठीचौरको माथिल्लो क्षेत्रसहित डोल्पा जिल्लाको तल्लो क्षेत्रसम्म आवतजावत गर्न सहज हुने भएको छ ।

 

गुठीचौर गाउँपालिका १ का वडाध्यक्ष अर्जुनकुमार महताराका अनुसार बाढीले पुल बगाएपछि माथिल्लो गुठीचौर गाउँबस्ती पालिका मुकामसँग पुग्न सवारी साधान सञ्चालनमा निकै समस्या भएको थियो ।
पुल निर्माण गर्नका लागि आयोजना निर्माण गरेर उपभोक्ता समिति मार्फत गर्दा निकै समय लाग्ने र आवतजावत गर्न निकै समस्या भएकोले श्रमदान मार्फत नै मोटरयवल काठेपुल निर्माण गरिएको हो । गत साता आएको बाढीपहिरोले घर भत्केर एक जनाको ज्यान गएको गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार यति ठूल दुईदिनमै बनाउन सहयोग गर्ने स्थानीय, नेपाली सेना, शशस्त्र प्रहरी र नेपाल प्रहरीलाई विशेष धन्यवाद दिनुभयो ।

उहाँकाले उपभोक्तामा काम गरेको भए लामो समय र करिब ८ देखी लाख खर्च हुने उक्त पुल करिब दुईलाख पचाँस हजारमा निर्माण सम्पन्न भएको थियो ।

जुम्ला डोल्पा जोड्ने सडक अन्र्तगतको काठेपुल बाढीले बगायो । बगाएको पुल निर्माण गर्न १० लाख खर्च लाग्ने थियो । तर दुईदिने श्रम शिविर सञ्चालन गरी मोटरयवल काठेपुल निर्माण गरेका छौँ ।

प्रतिकृया दिनुहोस्