OnlinePana

आज : २०८१ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,कार्तिक ४, २०७९जुम्ला,
२४३ पटक

कात्तिक ४ गते, बर्षा पछिको भिषण पहिरोले अवरुद्ध कर्णाली राजमार्गका ठूला ढुंगा फुटाउन ब्लाष्टिङ थालिएको छ ।
राजमार्गको नाग्म देखी राचुली खण्डमा दुई दिन अघि देखी नेपाली सेना र डिभिजन सड्क कार्यालयको समन्वयमा सड्कमा खसेका ठूला ढुंगोको व्लाष्टिङ शुरु गरिएको हो ।

नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाका अनुसार दुईदिन अगाडिबाट नेपाली सेनाले डिभिजन सड्कको समन्वयमा व्लाष्टिङ कार्य शुरु गरेको हो । नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार वुधवार र शुक्रवार १० वटा ब्लाष्टिङ गरिएको छ । नन्दा बक्स गणका उपसेनानी (.क्याप्टन) सन्तोष केसीको नेतृत्वमा ५० जना नेपाली सेनाको टिम सो क्षेत्रमा खटिएको गणपति थापाले जानकारी दिनुभयो ।

स्काभेटरले उठाउन नसकिने ढुंगा भएकाले ब्लाष्टिङ कार्य गर्नु परेको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ । डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठका अनुसार अहिले पनि तिब्र कार्य भईरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अव भत्किएको सड्कमा जाली भरेर पर्खाल बढाउने काम पनि शुरु गरिने छ । सवैभन्दा कठिन राचुलीबाट नाग्म खण्ड बनाउन सकियो भने कर्णाली राजमार्ग सुचारु हुने भएको छ ।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार तिब्र गतिमा भईरहेको छ, अव एक हप्ता दिनमा राजमार्ग सुचारु हुने अनुमान छ । कर्णाली राजमार्ग करिब आधा महिना बन्द हुदा जुम्लामा खाद्य समाग्री, दैनिक उपभोग्य सामग्री अभाव हुन थालेको छ । पेट्रोलियम पदार्थ त सकिएको छ । डिजेल सकिदा सड्कमा काम गर्न पनि रोकिन सकिने डर भएको डिभिजन सड्क कार्यालयले जानकारी दिएको छ ।

राचुली र कनकासुन्दरीमा खोज उद्धार : 
बाढि पछिको पहिरोले कर्णाली राजमार्ग क्षेत्रको राचुलीमा मलामी गएका १३ जना बेपत्ता भएको र कनकासुन्दरी गाउँपालिका ५ वारकोटेवाडामा ७ जनाको पहिरोपछि घर भत्किएर मृत्यू भएको स्थानमा सुरक्षा निकायले खोज तथा उद्धार गरेको छ । गणपति थापाका अनुसार उक्त स्थानमा नेपाली, शशस्त्र प्रहरी र नेपाल प्रहरीले खोज उद्धार तथा भत्केका संरचनाहरु मिलाउने काम गरेको हो । कनकासुन्दरीमा नेपाली सेना र शशस्त्र प्रहरीले दुईदिन लगाएर राहात सामाग्री लिएर सो स्थानमा खटिएको थियो । कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यका अनुसार सिंजामा पहिरोले घर भत्किएर मानवीय क्षति भएको सो क्षेत्र र विपत प्रभावित क्षेत्रमा अनुगमन भईसकेको छ ।

प्रतिकृया दिनुहोस्