OnlinePana

आज : २०८१ माघ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,कार्तिक १, २०७९जुम्ला ,
३७१ पटक

कात्तिक १ गते । कर्णालीमा हवाई उडान कम भएर अलपत्र परेका यात्रुहरुको उद्धार गर्न वायुसेवा क्रम्पनीले निर्णय गरेका छन् ।
कर्णालीको हवाई उडानका समस्या सामाधानका लागि कर्णालीकावासीले पर्यटन मन्त्री जीवनराम श्रेष्ठ सँगको भेटपछि निजी जहाजका वायूसेवा कम्पनी निगमहरुले विद्यमान परिस्थितिमा अलपत्र परेका सम्पूर्णलाई चाडो भन्दा चाडो उद्धार गर्ने, ईटिकिट प्रणालीको व्यवस्थापन गर्ने सहितका निर्णय भएका छन् ।

निगमका अध्यक्ष क्याप्टन रामेश्वर थापा, कर्णालीबाट प्रतिनिधित्व गर्ने कर्णाली सभाका सदस्य नरेश भण्डारी, अर्थ मन्त्रालयका जनसम्पर्क सल्लाहाकार जुम्लावासी मनऋषि धिताल, समिट एयरका महासचिव मनोज कार्की, तारा एयरका सदस्य सन्त कुमार प्रजापति सहित जुम्लावासीको उपस्थितिमा अलपत्र यात्रुको उद्धार तथा ईटिकट प्रणाली गर्ने सो निर्णय भएको हो ।

अध्यक्ष रामेश्वर थापाको अध्यक्षतमा बसेको वैठकले कर्णाली प्रदेशमा विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै कम्पनी सँग भएका स्रोत साधनको पुर्ण रुपमा प्रयोग गर्ने, शान्ति सुरक्षाको प्रत्याभुति गर्न ध्यानाकर्षण गराउने समेत निर्णय भएको छ ।

जहिले पनि कर्णालीमा नियमित उडान नहुने, यात्रुले टिकट नपाउने र निजी विमान कम्पनीको मनपरीका कारण सर्वसाधारणले सहजै रुपमा जहाज चढ्न नपाउने भएकोले तत्काल सहज हवाइ यातायात सेवा प्रदान गर्ने वातावरण बनाई टिकट बुङिक प्रर्णाली अनलाइन गर्न माग गर्न सांसद भण्डारी लगायत काठमाण्र्डौमा बस्ने जुम्लाबासीहरु डेलिगेशन काठमाण्डौका दिनहु गरिरहेका छन् ।

त्यस्तै उक्त टोलीले जुम्ला लगायत कर्णाली प्रदेशमा ईटिकट प्रर्णाली लागु गर्न, नियमित उडान भर्न र विमानस्थलमा पारदर्शीता सुनिश्चित गर्ने बिषयमा निणर्य गरिएको सांसद नरेश भण्डारीले बताउनु भयो । उहाँले हवाईक्षेत्रमा भइरहेको अनियमितता रोक्न र थप उडान थप्ने कार्य अघि बढाउन समेत ध्यानाकर्षण गरिको जानकारी दिनुभयो ।

कर्णाली राजमार्ग लामो समयमा सम्म बन्दा हुदा जुम्ला लगायत कर्णालीमा यात्रुको चाप बढ्दा जहाज नआउने समस्याले हप्तौ सम्म यात्रुले विमान स्थलमा कुर्नु परिरहेको छ । बिरामी उड्न सकेका छैनन्। सर्वसाधारणले टिकट नपाएको व्यापक गुनासो छ ।

प्रतिकृया दिनुहोस्