OnlinePana

आज : २०८३ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन ३१, २०७९
६४० पटक

३१ असोज २०७९, सोमबार

ईलाका प्रहरी कार्यालय थारमारे सल्यानका कार्यालय प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाही कर्णाली प्रदेशको सर्वोत्कृष्ट अनुसन्धान अधिकृतका रुपमा पुरस्कृत हुनुभएको छ ।

६७औं प्रहरी दिवसका अवसरमा आज सुर्खेतमा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक शाहीलाई सर्वोत्कृष्ट अनुसन्धान पुरस्कार प्रदान गरिएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उहाँलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रदान गर्नुभयो । अपराध अनुसन्धानको क्षेत्रमा गरेको महत्वपूर्ण भूमिकाको सम्मान गर्दै मुख्यमन्त्री शाहीद्वारा प्रहरी निरीक्षक शाही पुरस्कृत हुनुभयो ।

यसअघि उहाँ जिल्ला प्रहरी कार्यालय सुर्खेतको अपराध अनुसन्धान शाखा प्रमुख भएर काम गर्नुभएको थियो । दैलेखको पश्चिम दुर्गममा पर्ने ठाटीकाँध गाउँपालिकामा जन्मनुभएका उहाँले सुर्खेतमा एक वर्ष कार्यरत हुँदा पनि अपराध न्यूनीकरणमा राम्रो भूमिका खेल्नुभएको थियो ।

प्रहरी दिवसका अवसरमा शाहीसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेर काम गर्दै आएका प्रहरी कर्मचारीहरुले विभिन्न विधामा नौ जना पुरस्कृत भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्