OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २९, २०७९ जुम्ला
३२० पटक

अविरल बर्षाले बाढि पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्ला विमानस्थलमा यात्रुहरुको भिड लागेको छ ।
जहाजको उडान कम तर यात्रुहरुको भिड बढि भएपछि सकस भएको हो । दशै पछि घर आएका विद्यार्थी, कर्मचारी तथा विरामीलाई पनि जहाँजको उडान कम हुदा कठिन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जानकारी दिएको छ ।

अघिपछि नियमित उडान हुने तर दशै अवधिभर प्राईभेट एयरलाईनसले पूर्वमा बढि प्रथामिकता दिएपछि दशैमा नागरिक घर फर्किन समेत सकस भएको थियो । दशैपछि पनि गन्तब्यमा पुग्न कठिन भएको छ ।

नागरिक उडान प्राधिकरणका प्रमुख सन्तोष अधिकारीका अनुसार नेपाल एयरलाईन्सले यो १५ दिनमा जुम्लामा एक मात्र उडान भरेको छ । नेपाल एयरलाईन्सको सेडुअल अनुसार हप्तामा दुईवटा जहाज आउनु पर्नेमा कार्यान्वयन हुन सकेको छैन् । अझ त नागरिक उड्यनको बर्षे उडान तालिकामा हप्तामा ७ वटा उडान छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुजुका अनुसार नेपाल एयरलाईन्सको आईतवार जुम्लामा उडान अनिवार्य हुनेछ । उहाँले एक जहाँज बिग्रेको एउटाले मात्रै देशभर सेवा दिनुपर्ने भएकाले समस्या भएको बताउनुभयो । नागरिक उड्यन जुम्लाका अनुसार अगष्ट महिनाको १५ दिनमा समिट एयरको सात, तारा एयरको ४ र नेपाल एयरलाईन्सको १ मात्र उडान भएको छ ।

लोकसेवा परिक्षार्थी र विरामीलाई प्रथामिकता :
जहाँजमा टिकट व्यवस्थापन प्रणाली राम्रो नभएको भन्दै केही दिन अघि विद्यार्थीले आन्दोलन गरेर स्थानीय प्रशासन घेराउ गरेपछि स्थानीय प्रशासनले निगरानी गरेको छ ।

स्थानीय प्रशासनका अनुसार यो तिन, चार दिन लोकसेवा दिने, परीक्षा दिने विद्यार्थी, ईमरजन्सी विरामी करिब ५० बढिलाई स्थानीय प्रशासनले प्रत्यक्ष निगरानीमा उडाएको छ ।

यसवेला लोकसेवाका विद्यार्थी ३८ जना, १३ जना खेलाडी, विरामी सहितका अन्य विद्यार्थीलाई पठाईएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताउनुभयो । ६ जना विद्यार्थीलाई त राहात वोकेर आएको हेलिकोप्टरमा पठाईएको छ । परीक्षार्थी जान पाउनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेपछि स्थानीय प्रशासनको निगरानीमा लाईन लगाएर २०६ जनाको नाम लिष्ट गरिएको थियो । आईतवार देखी ५० प्रतिशत सो लिष्टको कार्यान्वयन तथा ५० प्रतिशत अन्य गरि सेवा दिईने नागरिक उड्डउनले बताएको छ ।

जहाँज कम तर यात्रु बढि भएपछि कसरी व्यवस्थापन गर्ने अहिले हैरान भएको छ । प्रजिअ केशरीका अनुसार लोकसेवा, परीक्षा दिने विद्यार्थी र केही विरामी उडाएपछि अवको जिम्मा एयरलाईन्स र नागरिक उड्डयन आफैले लिने छ ।

नेपाल एयरलाईन्सको नियमित सेडुअल कार्यान्वयन हुन सकेको छैन । यस वेला दैनिक उडान गरिरहेको समिट एयर पनि शनिवार नआउदा सकस भएको छ ।

एकातिर विपतमा राहात, उद्धार, सड्क पञ्छाउने बिषयमा तनाव बढिरहेको वेला राजमार्ग वन्द भएपछि जहाज नआउदा हैरान भएको छ ।
सर्वसाधारणले समेत टिकट नपाएको, व्यवस्थापन प्रणली कमजोर भएको र उडान कम भएको गुनासो बढेपछि शनिवार नेपाल पत्रकार महासंघको टिमले सरोकारवाला निकाय सँग भेटघाट गरेर अनुगमन तथा समन्वय गरेको छ ।

 

प्रतिकृया दिनुहोस्