OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,आश्विन २८, २०७९जुम्ला,
४९६ पटक

असोज २८ गते । जुम्लामा बाढि पहिरोले प्रभावित घर परिवारलाई कर्णाली प्रदेश सरकारले हवाई सेवावाट राहात बितरण शुरु गरेको छ ।
कर्णाली सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरीमा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहात बितरण गरेको छ ।

नेपाली सेनाको हेलिकोप्टरमा अगष्टा हेलीमा सो क्षेत्रमा केही राहात पुयाईएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाको हेलिकोप्टरले हिमा, सिंजा र कनकासुन्दरीमा केही राहात पुरयाएको हो ।

नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार २६ गते कनकासुन्दरी गाउँपालिका सुन्दरीमा चाईनिजपाल ४ वटा, कम्वल ४० वटा र डिटोल सावुन एक कार्टुन वितरण गरिएको छ । सिंजा गाउँपालिकामा त्रिपाल २५ वटा, कम्बल २५ वटा, प्लाष्टिक पाल २५ वटा पुरयाईएको छ । हिमा गाउँपालिकामा कम्बल २५, त्रिपाल २५ र डिटोल सावुन १ कार्टुन एक प्याकेट रहेको छ ।

यसैगरी असोज २७ गते हिमा गाउँपालिकामा ६० वटा त्रिपाल, कम्वल एक सयवटा टेण्टपाल एक सय वटा, डिटोल सावुन एक कार्टुन पुरयाएको छ । हेलिकोप्टर गते २४ गते कनकासुन्दरी र हिमाका घाईतेको उद्धार भएको जानकारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार आज पनि हिमा र सिंजामा हेलिले राहात पुरयाएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा आज भने खाद्यन्न वाकेको छ । प्रजिअ केसरीका अनुसार कति संख्यामा वितरण भयो त्यसको एकिन आउन विवरण वाँकी रहेको छ ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार निरन्तरको पर्यासले प्रदेश सरकारको सहयोगमा तत्काल हिमाका ७ वटा वडाहरु मध्य ४,५,६ र ७ को लागि हिजो २५ गते कालिकाखेत्तुमा रअसोज २८ गते आज १,२ र ३ वडाहरुको लागि देवारगाउँ टापुमा हेलिकप्टर द्वारा राहतका सामग्री उपलब्ध भएको बताउनु भयो ।

गत असोज १९ गतेबाट २५ गते सम्म परेको अविरल बर्षाले हिमा गाउँपालिकामा ३८६ घर पुर्ण क्षेति भएको गाउँपालिकाले जानकारी दिएको छ । यसैगरी सिंजा गाउँपालिकामा ५१ घर क्षेति भएको गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले जानकारी दिनुभयो । यता कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले कनकासुन्दरीमा पहिरोले ८ जनाको मानवीय क्षेति भएको र घरको क्षेति कति भयो भन्ने तथ्यांक संकलन भईरहेको बताउनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्