OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
(रासस)आश्विन २७, २०७९जुम्ला
४३० पटक

कर्णाली, २७ असोज (रासस)ः अविरल वर्षाका कारण कर्णालीमा भएको जनधनको क्षतिको स्थलत अवलोकन गरी विपद् पीडितहरुलाई तत्काल राहत उपलब्ध गर्न माग गरिएको छ ।

पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले बुधबार गृह मन्त्रालयमा पुगेर गृहमन्त्री बालकृष्ण खाँडलाई कर्णालीका विपद् पीडितहरुलाई तत्काल राहत उपलब्ध गर्न माग गरेको हो । जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पालगायतका कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा भएको मानवीय क्षतिसहित बालीनाली, कृर्षियोग्य जमिन, पशुवस्तु क्षतिको स्थलगत अनुगमन गर्न पूर्वमन्त्री नेतृत्वको टोलीले गृहमन्त्री खाँडलाई अनुरोध गरेको छ ।

त्यस्तै, भौतिक पूर्वाधारहरु सडक, पुल, सिंचाई, तटबन्ध, विद्यालय भवन, जलविद्युत, खानेपानी, टेलिफोन टावरमा ठूलो क्षति भई जनजीवन कष्टकर भएकोबारे ध्यानाकर्षण गराउँदै उक्त टोलीले गृहमन्त्री खाँड र उर्जा, सिंचाई तथा जलश्रोतमन्त्री पम्फा भुसालसमक्ष मागपत्र बुझाएको छ ।

पूर्वमन्त्री भण्डारीले कर्णाली प्रदेशको दीर्घकालीन विपद् व्यवथापनका लागि सम्पूर्ण कर्णालीवासीहरुको नीजि आवास बीमा कार्यक्रम तथा ‘तिला, हिमा तथा जवानदी नियन्त्रण परियोजना’ सञ्चालन गर्न तथा त्यसको लागि आवश्यक रकम विनियोजन गर्न माग गरिएको जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्