OnlinePana

आज : २०८२ बैशाख १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन १९, २०७९
५२१ पटक

१९ असोज २०७९, बुधबार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गच्छे अनुसार दशैं मनाउन आग्रह गर्नुभएको छ ।

नेपालीहरुको महान् पर्व विजयादशीमको उपलक्ष्यका एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले दसैँलाई भड्किलो एवं खर्चिलो नबनाई आफ्नो गच्छे र संस्कृति अनुसार मनाउन आग्रह गर्नुभएको हो । विजयादशमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विकृति र तडकभडकबाट मनाइने दशैंले यसको मौलिकता नास हुँदै जाने बताउने जनाउनुभएको छ ।

मौलिक पर्वका रुपमा मनाउँदै आइएको दशैंले नेपाली समाजलाई एकतावद्ध बनाएको उल्लेख गर्नुभएको छ । शभकामना सन्देशमा भनिएको छ, “दशैं पर्वले व्यक्ति, परिवार र समाजलाई आपसमा जोडेको मात्र छैन, सामाजिक सद्भाव, एकता र भातृत्वको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।” जसले मुलुकको सार्वभौमसत्ता र अखण्डता बलियो हुँदै गएको उहाँको भनाई छ ।

सन्देशमार्फत मुख्यमन्त्री शाहीले कर्णालीको विकास र समृद्धिका लागि प्रदेश सरकारको ‘छ ब’ नीति (बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार) लाई अघि बढाउन र सहकार्य गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । सरकारको मूल कार्यनीतिलाई कार्यान्वयन गर्न सबै राजनीतिक दल, सङ्घसंस्था, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्रलगायत आम कर्णालीवासीलाई एकतावद्ध हुन पनि उहाँले अपिल गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्