OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १९, २०७९सुर्खेत
३०५ पटक

१८ असोज २०७९, मंगलबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘प्रथम कर्णाली प्रदेशस्तरीय जवान जागृति शिखर सम्मेलन’ सुरु भएको छ ।

मंगलबारबाट सुरु भएको उक्त शिखर सम्मेलनको उद्घाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बुढाक्षेत्रीले सम्मेलनले कर्णालीका ख्रीष्टियनहरुको इतिहास र पहिचानलाई उजागर गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “समाजको अत्यन्तै शान्तिप्रिय ख्रीष्टियन समुदायप्रति म सकरात्मक छु । जसले हरेकलाई नैतिकता र अनुशासनका कुरा सिकाउँदै आएको छ ।”

ख्रीष्टियनहरुको यो जागृति सम्मेलनले मानव समुदायलाई आत्मिक ज्ञान र नवीन सन्देश प्रवाह गर्ने जनाउँदै मन्त्री बुढाक्षेत्रीले भन्नुभयो, “मुलुक धर्मनिरपेक्ष राष्ट्र घोषणा भइसकेको र संविधानमा पनि मौलिक हकको व्यवस्था भएकोले एकले अर्को धर्म, भाषा र संस्कृतिप्रति सहिष्णुता अपनाउनुपर्दछ । यसमा सबै संवेदनशील हुन जरुरी छ ।” ख्रीष्टियन समुदायको हित तथा उत्थानका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने उहाँको भनाई थियो ।

सम्मेलनको उद्घाटनमा इसाई समाज सुर्खेतका अध्यक्ष पदम गैरेल मन्त्री बुढाक्षेत्री समक्ष ज्ञापन पत्र बुझाउँदै समग्र मानव जाति भलाईको कामना गर्न तथा ख्रीष्टियन जवानहरुमा आत्मिक जागृति र त्यसमा उर्जा बढाउने उद्देश्यले शिखर सम्मेलनको आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार उक्त शिखर सम्मेलनले १० बुँदे कर्णाली घोषणापत्र जारी गर्नेछ ।

उक्त सम्मेलनमा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल, मुख्यवक्ता रेभ.हनोक तामाङ, ख्रीष्टियान महासंघका सह–अध्यक्ष रेभ पाष्टर सोनाम कावोलगायत विभिन्न क्षेत्रको चर्चहरुको नेतृत्व गर्दै आएका अगुवाहरु र कर्णाली प्रदेशका १० जिल्लाका करिब तीन हजार जवानहरुको सहभागिता रहेको छ । शिखर सम्मेलन असोज १८ देखि २० गते तीन दिनसम्म सञ्चालन हुने इसाई समाज सुर्खेतका सचिव प्रेम बयलकोटीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्