OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १६, २०७९काठमाडौं
५७० पटक

असोज १६ गते । स्वर्गिय दिपबहादुर स्मृति पत्रकारिता पुरस्कार क्रियाशिल पत्रकार सागर परियारलाई प्रदान गरिएको छ । जुम्लामा एक कार्यक्रम आयोजना गरि रु १० हजार राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।

दिपबहादुर स्मृति प्रतिष्ठानद्धारा शुरुवात गरिएको पत्रकारिता पुरस्कार वितरण तथा जुम्ला दर्पण डटकमको उद्धाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यले पुरस्कार प्रदान गर्नु भएको हो ।

नेपाल पत्रकार महासंघ जुम्लाका सहसचिव, रेडियो नेपाल, कारोवार राष्ट्रिय दैनिक र कर्णाली पोष्ट दैनिकका कार्यकारी सम्पादक सागर परियार सागर परियार पुरस्कृतमा छनौट गरेकोमा सवैले पुरस्कारको सम्मान भएको बताएका छन् ।

समन्वय प्रमुख आचार्यले पुरस्कार वितरण क्रियाशिल पत्रकारलाई प्रदान गर्न निर्णय गर्ने पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष संयोजकत्वको छनौट समितिलाई धन्यवाद दिनुभयो । कार्यक्रमको शुभकामना तथा शुभकामना तथा वधाई ज्ञापन दिईएको छ ।

दिपबहादुर स्मृति पत्रकारिता पुरस्कार प्रदान तथा जुम्ला दर्पण विमोचन कार्यक्रममा तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले जुम्लामा फष्टाउदो पत्रकारिताले खुशी लागेको भन्दै यस्तो काममा सवैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले जुम्लाको लुकेको पर्यटकीय ताल गिडिदको स्थगत समाचार तथा प्रचार प्रसारमा जुम्लाको मिडियाले पुयाएको योगदान कहिल्यै बिर्सन नसकिनेमा जोड दिनुभयो ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले राम्रो कामका लागि दिपबहादुर विश्वकर्माको परिवारलाई धन्यवाद ज्ञापन गर्दै यस काममा गर्न सकिने सहयोग गर्ने बताउनुभयो ।
तातोपानी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष विशाल खड्काले यो कामका वडापालिकाले सहयोग गर्ने प्रतिवद्धत
प्रतिवद्धता जनाउनुभयो भयो ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले सृजनात्मक कामका लागि आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले जुम्लामा उर्वर रुपमा बढिरहेको पत्रकारिता क्षेत्रको प्रवर्धन गर्ने कार्यक्रम मध्यको एक यो कार्यक्रम भएकाले पत्रकार महासंघले चाडै पत्रकारहरुका लागि बृहत कोष स्थापना गरेर क्रियाशिल र जुम्ली पत्रकारिता क्षेत्रमा योगदान पुरयाउनेका लागि पत्रकारिता पुरस्कार कोष स्थापना गर्ने काम भईरहेको बताउनुभयो ।

जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ६ नम्बर निवासी सुभाकर विश्वकर्मा र बरम विश्वकर्माका वुवा दिपबहादुर विश्वकर्माको सम्झनामा क्रियाशिल पत्रकारिता पुरस्कार स्थापना गरिएको आयोजकले जनाएको छ । स्वर्गिय दिपबहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष बरम विश्वकर्माले वुवाको नाममा सानो सामाजिक काम गर्न प्रयास गरिएको भन्दै यस काममा सघाउने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिकृया दिनुहोस्