OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,आश्विन १२, २०७९जुम्ला,
४६६ पटक

असोज १२ गते । जुम्लामा वालवालिका सवालमा काम गर्ने संस्थाहरु एक जुट भएर वालविवाह न्यूनिकरणको सवालमा काम गर्ने भएका छन् ।
लामो समय देखी काम गर्ने संस्थाहरुले वालविवाह न्यूनिकरणका लागि सहकार्य गरेर काम गर्न लुज फोरमको गठन समेत गरेका छन् ।
जुम्लामा कार्यरत संस्था पेस नेपालको संयोजकत्वमा किर्डाक नेपाल, क्याड नेपाल, नेपाल रेडक्रस सोसाईटी, सिएमसि र साग्रिला एशोसियशन लगायतका संस्थाहरुले वालविवाह विरुद्ध साझा अभियान शुरु गरेका हुन् ।

कर्णाली प्रदेशमा कार्यरत विभिन्न २५ संस्थाहरुको भेलाले थालिएको अभियान जिल्ला जिल्लामा पुगेको छ । जुम्लामा वालविवाह न्यूनिकणका लागि ति सस्थाहरुले सयुक्त अभियान थालेका हुन । वालविवाह न्यूनिकरणका स्थानीय सरकार सँग सहकार्य गरेर काम गरिने भएको छ ।

वालविवाह विरुद्धको साझा अभियानको कर्णालीमा नेतृत्व भने आवाज नामक संस्थाले गरेको छ । अभियानका संयोजक चेतन गिरीका अनुसार वालविवाह कर्णालीमा बढिनै भयो भन्ने छ तर यसको एकिन तथ्यांक छैन् । सरकारले निति कार्यक्रममा जोड दिनका लागि, रणनिति निर्माण गर्न आवश्यक छ । जुम्लाका चार स्थानीय तहमा रणनिति योजना निर्माण हुदै गरेको अवस्था रहेको छ । संस्थाहरुको साझा अभियानले यस बिषयमा समन्वय सहयोग गर्न आवश्यक रहेको छ ।

मंगलवार जिल्लामा साझा अभियानमा सहभागी संस्थाहरुको वैठक सम्पन्न भएको छ । वैठकमा अभियानको उद्देश्य, काम र कार्यक्रमका बिषयमा छलफल भएको संयोजक संस्था पेश नेपालका कार्यक्रम अधिकृत हेमराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलवार चन्दननाथ नगरपालिकामा सो सवालमा भेटघाट भएको छ । नगरपालिकामा नगरप्रमुख राजुसिंह कठायत, उपप्रमुख रामदेवी खड्का सहित जनप्रतिनिधिहरु सँग वालविवाह बिषयमा समन्वयात्मक वैठक भएको छ ।

अभियानले चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, सिंजा र कनकासुन्दरी गाउँपालिका नमूनाको काम गरिने भएको छ । संघ संस्थाहरुको साझा अभियानमा संचार क्षेत्रलाई समेत जोडिएको जिल्ला संयोजक पेश नेपालका अधिकृत हेमराज भट्टले जानकारी दिनु भयो । यस संजालमा पत्रकार महासंघलाई जोडिएको र नागरिक समाजलाई समेत जोडिने भएको छ ।

 

प्रतिकृया दिनुहोस्