OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आश्विन १०, २०७९जुम्ला,
३७७ पटक

खलङ्गा असोज, १० गते । कर्णाली क्षेत्रको ऐतिहासिक प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हातका नयाँ लिंगा र ध्वजा खाडिएका छन् । हरेक बर्ष घटस्थापनको दिन फेरिने लिंगा र ध्वजा यस बर्ष पनि फेरिएका हुन् ।

परम्परागत धार्मिक चलन अनुसार लिंगा ठड्याएर घटस्थापना मनाईएको छ । परम्परा अनुसार नै मन्दिरमा लिंगोहरु ठड्याई सकेपछि मात्रै जुम्लावासीहरुले आ–आफ्नो घरमा घटस्थापनाको दिन मनाउदै आउने चलनअनुसार यो पटक पनि लिंगा फेरिएको हो ।

चन्दननाथ भैरवनाथ गुठि व्यवस्थापनका सचिव जीतबहादुर महतका अनुसार जुम्ला सदरमुकामा रहेको ऐतिहासिक मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते ध्वजा सहित नयाँलिंगो फेरिने चलन अनुसार लिंगा फेरिएका हुन् । उहाँका अनुसार गुरु चन्दननाथ, अखणादेवी लिंगा, वटुक भैरव र भैरव देवी गरी चारवटा लिंगा गाड्ने चलन अनुसार नयाँ लिंगा फेरिएका हुन् । चन्दनाथको लिंगामा काठकै ( विजय स्तम्भ) समेत नयाँ फेरिएको छ ।

१८४६ अगाडि राजा रणबहादुर शाहले कल्याल राजालाई पराजित गर्दा खेरी यो प्रचलन शुरुवात गरिएको जानकार बताउछन् । गुठिको संरक्षक तथा प्रमुख जिल्ला अधिकारी मुकेश केसरी, सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल, नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी र सयौ भक्तजनको उपस्थितिमा चन्दननाथ मन्दिरको नयाँ लिंगा फेरिएका छन् । लिंगा चन्दननाथ नगरपालिकाको ढाँणथपाला वनबाट तिन दिन अगाडिनै पुजा आजा गरि ल्याउने परम्परागत चलन रहेको छ । हरेक बर्ष ऋषि पञ्चमीमा लिंगा काटिने, घटस्थापना ३ दिन अगाडि ल्याईएको घटस्थापनामा गाडिएको मन्दिरको गुठि व्यवस्थापन समितिले जनाएको छ ।

सचिव महतका अनुसार ५२ हातको लिंगा र ध्यवजा गर्नुको अर्थ बर्षमा ५२ हप्ता हुनछन । बर्षभरीमा सुख शान्तिका लागि चन्नदननाथ र भैरवनाथले रक्षा गरुन भन्ने काम गरिएको हुन्छ ।

स्थानीय सस्कृतिका जानकार रमानन्द आचार्यका अनुसार चन्दनननाथ भैरवनाथ मन्दिरमा परापूर्वकाल देखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भ सहित ४ पुराना लिंगोहरु र वियज स्तम्भ झिकेर नयाँ लिंगो खडा गर्ने गरेका बताउनु हुन्छ ।

हरेक बर्ष जिल्लाका सरकारी उच्च स्तरका व्यक्तिहरुको उपस्थितिमा स्थानीय भक्तजनहरु र सुरक्षाकर्मीहरुको सहयोगमा हरेक बर्ष चन्दननाथ भैरवनाथ मन्दिरमा लिंगा गाडेर बि.सं १४९८ सालबाट यो मन्दिरमा लिंगो गाड्ने परम्परा रहीआएको उहाँले जानकारी दिनुभयो ।
चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अनुसार प्रसिद्ध मन्दिरमा हप्ताको एक पटक ठूलो पुजा प्रचलन छ । यसमा पनि ५२ हप्ता हुने भएका कारण ५२ हाते ध्वाजा सहित ५२ हाते लिंगा खडा गरि घटस्थापना गर्ने चलन रहिआएको छ ।

जंगलबाट लिंगा ल्याउन पनि यहाँको नेपाली सेना, प्रहरी सहित स्थानीयले जंगलबाट निकै मिहिनेतका साथ तिन दिन अगाडि जंगलबाट मन्दिरमा ल्याउने गरेका छन् ।

जुम्लामा चन्दननाथ मन्दिरमा लिंगा गाडेर फर्किएपछि घरमा जमरा राख्ने चलन समेत रहेको छ । लामो ईतिहास वोकेको चन्दननाथ मन्दिरमा भने अहिले स्थानीयले लिंगा गाड्ने देखी ठड्याउने काममा चासो घट्दै

गएको बताईएको छ । यसैगरी यहाँको सिञ्जा क्षेत्रको कनकासुन्दरी मन्दिरमा समेत विधिवत रुपमा परम्परागत पुजा गरिएको छ ।

क्याप्सन : चन्दननाथ मन्दिरको लिंगा ठड्याउन जम्मा भएका सुरक्षाकर्मी र स्थानीय तस्बिर नेत्र शाही जुम्ला ।

 

 

प्रतिकृया दिनुहोस्