OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र ३१, २०७९
६०९ पटक

३१ भदौ २०७९, शुक्रबार

कर्णाली प्रदेशसभाको दशौं अधिवेशन अन्त्य गरिएको छ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै शुक्रबार राति १२ः०० बजेदेखि दशौं अधिवेशन अन्त्य भएको जनाएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट शुक्रबार राति १२ः०० बजेदेखि दशौं अधिवेशन अन्त्यको पत्र प्राप्त भएसँगै प्रदेश सचिवालयले जानकारीका लागि सूचना प्रकाशन गरेको प्रदेशसभाका कानून उपसचिव तेजप्रकाश जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशसभा सदस्यहरुलाई अधिवेशन अन्त्यको जानकारी दिन सूचना गरिएको हो ।

शनिबार राती १२ः०० बजे देखि प्रदेशसभाका सभामुख, उपसभामुख तथा सदस्यहरुको पाँच वर्षीय कार्यकाल समाप्त हुँदैछ । संवैधानिक व्यवस्था अनुसार उनीहरुको पदावधि सकिने भएकोले सूचना निकालेको प्रदेशसभा सचिवालयले जनाएको छ । शुरबहादुर सिंह

प्रतिकृया दिनुहोस्