OnlinePana

आज : २०८३ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र ३०, २०७९
३७५ पटक

३० भदौं २०७९ बिहीबार

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले हातहतियारको मुद्दा लागरे फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीले वीरेन्द्रनगर नगरपालिका ९ सुर्खेत लाटीकोइली निवासी २२ वर्षीय समीर श्रेष्ठ पक्राउ गरेको हो । उनलाई प्रदेश ब्युरोबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका करिब ७ः०० बजेतिर पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार सुर्खेत जिल्ला अदालतको लगत नं. ३१४७ को प्रतिवादी श्रेष्ठलाई दुई महिना १० दिन कैद सजाय र पाँच हजार जरिवाना तोकेपछि उनी फरार रहेका थिए । पक्राउ परेका श्रेष्ठलाई सम्मानित सुर्खेत जिल्ला अदालतमा आज बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्