OnlinePana

आज : २०८१ पौष २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,भाद्र ३०, २०७९सुर्खेत,
४५८ पटक

भदौ ३० गते । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको टिकट पाउन सबै पार्टीका नेताहरुले आ–आफ्ना शक्ति केन्द्रहरु धाइरहेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीअन्तरगत दलहरुले असोज २ गते नै उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा पेश गर्नुपर्ने कार्यले पनि नेताहरुको दौडधुप निकै चलिरहेको छ । टिकट हत्याउन नेतृत्वलाई फकाउने होडमा नेताहरु लागि परेका छन् । उनीहरु प्रदेश तथा केन्द्रीय नेतृत्वको मन जित्ने कोशिसमै छन् ।

टिकटका लागि साना पाटीहरुमा त्यस्तो प्रतिस्पर्धा देखिदैन । ठूला पार्टी र विशेषगरी गठबन्धन दलभित्र भने टिकट लिन भने आ–आफ्नो शक्ति प्रयोग गर्ने अभ्यास पेचिलो बन्दै गएको छ । गठबन्धनभित्र टिकट नपाए बागी वा स्वतन्त्र उठ्ने धम्की पनि नेतृत्वले खेप्नुपरेको छ । पार्टीभित्र टिकट पाउन यसरी दौडचलिरहेको बेला भने नेकपा (माओवादी) केन्द्रका कर्णाली प्रदेशका अध्यक्ष तथा पूर्वमन्त्री बिमला केसीले यसपटक चुनाव नलड्ने घोषणा गर्नुभएको छ ।

शनिवार हामी घुम्दै जादा नेकपा माओवादी केन्द्र प्रदेश पार्टी कार्यालय वीरेन्द्रनगरमा उहाँ कार्यकर्ता सँग भेटघाटमा व्यस्त हुनुहुथ्यो । केही छिनमा हामी उहाँको कार्यकक्षमा पुग्र्यौ, म सँग कर्णाली प्रदेश राससका प्रमुख शुरबहादुर सिंह पनि हुनु हुन्थ्यो । सायद मंशिर ४ को चुनावी तयारीको तातो लागिरहेको वेला उहाँ सँग नेता कार्यकर्ताको भेट स्वभाविक हो ।

विहानै उहाँले यस पटक मैदान खाली गरिदिने बिषयमा सामान्य खबर त पाएको थिए । तर कार्यकक्षमा गएर सोध्दा यस पटक ५ बर्ष कुर्वानी गर्ने उहाँले भन्नुभयो । अध्यक्ष केसीलाई प्रश्न गरियो टिकट सिफारिस गर्ने ठाउँमा हुदा पनि किन यस्तो कुरा ? उहाँले भन्नु भयो, यस पटक ५ बर्ष कुर्वानी गर्छु, पार्टी चलाउछु । त्यसपछि माओवादी कर्णालीकै अध्यक्षले यस पटक सहकर्मीलाई मैदान छोडिदिएको पुष्टि भयो ।

उहाँले यो पाँच वर्ष पाटी संगठन चलाउने र सहकर्मीहरुलाई प्रतिनिधि तथा प्रदेशसभा सदस्य जान अवसर प्रदान गर्ने बताउनुभयो । “सकेसम्म समानुपातिक उम्मेदवारमा कोही नदोहोरिउन् भन्ने उहाँको जोड छ ।

मैले प्रत्यक्ष तथा समानपातिक टिकट नलिने संकल्प गरे,” अध्यक्ष केसीले भन्नुभयो, “मैले मात्र टिकट पाउनुपर्छ । नपाए जे पनि हुन सक्छ भन्ने धारणा सबैले बदलेर देश र जनताका लागि जस्तो सुकै काम गर्न तयार हुनुपर्छ भन्ने सन्देश दिन पाँच वर्षका लागि चुनाव नलड्ने घोषणा गरेकी हुँ ।”

आगामी मसिंरमा सम्पन्न हुने चुनावबाट कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बन्ने संभावना भएपनि अहिलेलाई सो अवसर त्याग गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “बिगतमा सरकार चलाएको अनुभव भएपनि अहिले मैले त्यो अवसर सहकर्मीहरुका लागि छोडेको छु । पछिल्लो पाँच वर्षका लागि हुने चुनावबाट सरकार प्रमुखका लागि तयारी मेरो हुनेछ ।” यो पाँच वर्षमा पार्टी संगठन सुदृढीकरण गर्ने मेरो प्रमुख कार्यभार रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले पार्टी चलाईरहेको देखिएको जस्तो अवस्था भएकोले धेरैलाई सत्ता ठूलो हो र यो नभई हुन्न भन्ने भान भएको छ । सत्ता नै सर्वथोक हो भन्ठान्ने नेता तथा कार्यकतालाई अब पार्टी नै ठूलो रहेछ भन्ने बनाउछु । पार्टीले सरकार चलाउने गरी काम अगाडि बढ्छ र पार्टी सञ्चालनको अनुभव संगाल्छु ।”

गुटविहिन् पार्टी बनाउछु :
मुलुकमा मौजुदा रहेका पार्टीले महिलालाई नेतृत्व नदिएको अवस्थामा कर्णालीमा भने नेकपा (माओवादी केन्द्र)ले गत मंसिरमा प्रदेश समितिको अध्यक्षमा केसीलाई सर्वसम्मत निर्वाचित गर्यो । यसलाई अध्यक्ष केसीले नीतिगत तहमा सबै वर्ग, क्षेत्र, जातिको अर्थपूर्ण सहभागिता हुनुपर्ने नीति अनुरुप माओवादीले अख्तियार गरेको समावेशी, समानुपातिक सिद्धान्तको उपज र उपलब्धि दुवै भएको बताउनुभयो ।

करिब एक वर्षको कार्यकाल बिताउँदै गर्नुभएका अध्यक्ष केसीले इतिहासमा महिलाले पहिलो पटक नेतृत्व सम्हाल्नुले महिलाहरु सक्षम छन् भन्ने सन्देश दिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अन्तरसंघर्षले पार्टीलाई जीवन्त बनाउन सघाई राख्छ । यद्यपि गुटले पार्टी विभाजनको खतरा पनि त्यत्तिकै निम्तिन्छ । यस्ताखाले खतरा उत्पन्न हुन नदिन नेतृत्व संवेदनशील हुनुपर्दछ । यसमा म संयम छु ।”

पाटीमा विद्यमान सबैखाले विकृतिको अन्त्य गर्ने भूमिकामा आफूलाई सक्रिय बनाईराख्ने अध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार कर्णालीमा नेकपा (माओवादी केन्द्र)लाई गुटविहिन र मोडेल पार्टीका रुपमा स्थापित गर्ने संकल्प गरिएको छ ।
सरकारमा पनि क्रियाशिलता :
अध्यक्ष केसी कर्णाली प्रदेशमा प्रभावशाली महिला नेतृका रुपमा परिचित हुनुहुन्छ । उहाँको कार्यसम्पादन र प्रभावले विसं.२०७८ मंसिर २९ गते नेकपा (माओवादी केन्द्र) को ‘प्रथम कर्णाली प्रदेश अधिवेशन’बाट अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो । सरकारमा हुँदा होस् वा पार्टी संगठनमा रहँदा, उहाँले आफ्नो कार्य दक्षतालाई नागरिक तहसम्म आभास हुने गरी पुर्याउनुभएको नागरिकको बुझाई छ ।

सरकारमा हुदा पनि केही राम्रा कामहरु भएका देखिन्छन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री हुँदाको तीन वर्षीय कार्यकालमा केसीले आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालेर सरकार सञ्चालनको अनुभव लगिसक्नुभएको छ । प्रदेश सरकारको प्रवक्ताका रुपमा काम गर्नुभएका उहाँले सफलमन्त्रीका रुपमा आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको थियो ।
कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने अवधारणा र अभियान थाल्नुभएका केसी कृषिमन्त्री हुँदा उहाँले सम्हालेको मन्त्रालयले आ.व.२०७४÷०७५ मा देशैभरिमा सबैभन्दा बढी वित्तिय र भौतिक प्रगतिमा गरेको थियो । त्यस्तै सहकारी मार्फत किसानलाई सहुलियत ऋण, मध्यम किसानहरुका लागि सहकारीमार्फत ब्याजमा अनुदान, व्यवासयिक किसानहरुलाई बैंकमार्फत ब्याजमा अनुदान र गरिब विपन्नका लागि लक्षित वर्ग विशेष कार्यक्रम उहाँले सुरु गर्नुभएका लोकप्रिय तथा आत्मनिर्भरमुखी कार्यक्रम थिए ।

त्यसैगरी, मन्त्री केसीको पालामा भूमिसुधार मन्त्रालयमा कर्णालीका १० वटा जिल्लामा एक ÷एक स्रोत केन्द्रको स्थापना भएका विवरण छ । जुम्लाको हिमा गाउँपालिका २ ओदीमा भेडाबाख्रा स्रोत केन्द्र, डोल्पामा चौंरी, मुगुमा च्याङ्ग्रा, जाजरकोटमा माहुरी, दैलेखमा बाख्रा, रुकुमपश्चिममा भैंसी, सल्यानमा बाख्रा र सुर्खेतमा ह्याचरी तथा भैसी स्रोत केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो ।

लामा विष्णु भेडा बाख्रापालक समुहले हिमा गाउँपालिका जुम्लामा स्थापना भेडाबाख्रा स्रोत केन्द्र कर्णाली प्रदेशकै उत्कृष्ट परियोजना हो । मेरो किसान, मेरो अन्नदाता, कर्णालीको बाँझो जमीन उपयोगमा ल्याउने नीतिलाई अघि बढाउनुभएका उहाँले जुम्ला र सुर्खेतमा ठूलो क्षमता शीत भण्डार स्थापना गर्नुका साथै अदुवा प्रशोधन केन्द्रको प्रवद्र्धनमा पनि उहाँले सघाउनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्