OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २३, २०७९काठमाडौं
६६६ पटक

२३ भदौं २०७९, बिहीबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटना छानबीनका लागि उच्चस्तरीय छानबीन समिति गठन गर्न माग गरिएको छ ।

प्रतिष्ठान स्थापना पहल समितिका संयोजक तथा सिनेटर नरेश भण्डारीले पछिल्लो समयमा प्रतिष्ठानको भविश्य धमिलो पार्ने गतिविधिहरुले निकै गम्भीर र संवेदनशील बनाएको भन्दै घटनाको सत्य तथ्य छानबीनका लागि उच्चस्तरीय छानबीन समिति गठन गर्न माग गर्नुभएको हो । प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरुले डा.साहमाथि भएको हातपातपछि उब्जिएको परिस्थिति भयावह भएको भन्दै बुधबार सामुहिक राजीनामा दिएपश्चात् उहाँले घटनाको यथाशीघ्र छानबीन आवश्यक रहेको बताउनुभयो ।

कर्णाली प्रदेश सरकारका पूर्व कानूनमन्त्री समेत रहनुभएका भण्डारीले पिछडिएको क्षेत्रमा स्वास्थ्य शिक्षा, सेवा दिने र अनुसन्धान गर्ने उद्देश्यले स्थापित मुलुककै गौरवपूर्ण संस्थाको भविष्यमा प्रतिकुल प्रभाव पार्ने कार्यमा जतिसक्दो छिटो बिराम लगाउन अनुरोध गर्नुभएको छ ।

उहाँले समस्याको अबिलम्ब निवारणका लागि एक उच्चस्तरीय छानवीन समिति गठन गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्दै स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवालाहरुलाई आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएर नियमित काममा फर्कन समेत अपिल गर्नुभएको छ ।

यही भदौ २ गते प्रतिष्ठानको आकस्मिक कक्षमा मेडिकल अधिकृत डा.करण साहले छ वर्षीय बालक पृथकविक्रम शाहीलाई उपचार नगरेको भन्दै उनका बुबा धनबहादुर शाहीले हातपात गरेको घटनाले यतिबेला चरम रुप लिएको छ । शाही प्रतिष्ठानमै कार्यरत प्रशासनतर्फका कर्मचारी हुन् । २१ दिनदेखि प्रहरी हिरासत रहेका उनको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्