OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २२, २०७९जुम्ला
१००५ पटक

२२ भदौं २०७९, बुधबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत स्वास्थ्यकर्मीहरुले सामुहिक राजीनामा दिएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा.मंगल रावललाई सम्बोधन गर्दै बुधबार उनीहरुले जिल्ला प्रशासन कार्यालय जुम्लालाई बोधार्थ दिएर राजीनामा पत्र पेश गरेका हुन् । नेपाल चिकित्सक संघ जुम्लाका उपाध्यक्ष कमल थानीका अनुसार इमरजेन्सी विभागमा कार्यरत मेडिकल अधिकृत डा.करण साहमाथि भएको साङ्घातिक हमला र त्यसपछि उब्जिएको परिस्थिति निकै भयावह भएकोले सामुहिक राजीनामा दिइएको हो ।

राजीनामा पत्रमा भनिएको छ, “घटनालाई निहुँ बनाएर अतिरञ्जित एवं हास्यास्पद तरिकाले डा. करणमाथि नै झुट्ठो मुद्दा दायर गरी पक्राउ पूर्जी जारी गर्नु, शान्तिपूर्णरुपमा आन्दोलनरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमाथि स्थानीय केही अराजक व्यक्तिहरुले नाबालकलाई प्रयोग गरी मुठभेटको अवस्था सृर्जना गर्ने प्रयास गरिएको पनि जानकारी गराउन चाहान्छौं ।”

चिकित्सकहरुले शान्ति सुरक्षाको प्रत्याभूति नभएको पृष्ठभूमिमा सेवा दिनलाई असमर्थ भएको जनाउँदै उनीहरुले कानुनी राज्यको आभाष नभएकोले विरोधको नयाँ स्वरुप अनुसार स्वास्थ्यकर्मीहरुले सामुहिक राजीनामा दिएको बताएका छन् । उनीहरुले दिएको सामुहिक राजीनामा पत्रमा भने राजीनामा दिने चिकित्सक तथा स्वास्थ्यकर्मी न कसैको नाम उल्लेख गरिएको छ नत उनीहरुको हस्ताक्षर नै । राजीनामा पत्रमै उनीहरुले विरोधको नयाँ स्वरुप अनुसार सामुहिक राजीनामा दिएको भनेका छन् ।

प्रतिकृया दिनुहोस्