OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २२, २०७९जुम्ला,
३६७ पटक

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो घटनाको बिषयमा सर्वदलिय वैठक बसेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा स्थानीय प्रशासन, प्रहरी,राजनैतिकदल, कर्णाली प्रतियठानका पदाधिकारी, आन्दोलित चिकित्सक, नागरिक समाज, पत्रकार सहित बसेको वैठकले प्रतिष्ठानमा डाक्टर कुटिएको घटनाको बिषय र उपचार नगरेको भन्दै डाक्टर करण साह विरुद्ध दर्ता गरिएको मुद्दाको बिषयमा छलफल गरिएको छ ।

वैठकमा आन्दोलित प्रतिष्ठानको चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सेवामा फर्किन आग्रह सहित विभिन्न छलफल भएको समन्वय प्रमुख आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार चिकित्सकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिने प्रतिवद्धता सहित आवश्यक समन्वय तथा सहजीकरण गर्ने सहमति भएको छ । वैठक भोली विहान ८ बजे फेरी बस्ने गरी सकिएको प्रमुख आचार्यले जानकारी दिनुभयो । वैठकमा चिकित्सकहरुले डाक्टर करण साह विरुद्धको मुद्दा फिर्ता लिएपछि मात्रै काममा फर्किने बताएका स्रोतले बताएको छ ।

वैठकले वालवालिका विरुद्धको मुद्धा निस्कृष्य गर्न समिति बनाईनु पर्ने समिति बनाउने तयारी गरेको छ । समन्वय प्रमुख आचार्यले कानून नवाझिने गरी गर्न सकिने कुरामा सहजीकरण गर्ने सहमति भएको छ ।

प्रतिष्ठानका आन्दोलन स्वास्थ्यकर्मीहरुले पछिल्लो पटक सामुहिक राजिनामा घोषणा गरेको बताईएको छ ।

प्रतिकृया दिनुहोस्