OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १७, २०७९सुर्खेत
३२४ पटक

१७ भदौ २०७९, शुक्रबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ता गठबन्धन सिट बाँडफाँडको सहमति नजिक पुगेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटी हलमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रम सम्बोधनका लागि आज सुर्खेत आइपुग्नुभएको अध्यक्ष प्रचण्डले सुर्खेत विमानस्थलमा पत्रकारहरुसँगको भेटघाटमा गठबन्धनमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँडको सहमति नजिक पुगिएको बताउनुभएको हो ।

गठबन्धन दलभित्र कुनै असहमति नभएको बताउँदै उहाँले भन्नुभयो, “यो पटक प्रतिनिधि र प्रदेशसभा दुवैमा सन्तुलित तालमेल गरिन्छ तर नेकपा एमालेसँग तालमेलको कुनै सम्भावना छैन । सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिन्छौं ।” कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो ।

पत्रकार भेटघाटकै क्रममा अध्यक्ष प्रचण्डले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन ३ बाटै चुनाव लड्ने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी)सँग एकताका लागि प्रयास भइरहेको बताउनुभएका उहाँले निर्वाचनमा एउटै घोषणा पत्र ल्याउने पहल भएको तर चुनाव चिन्ह भने आ–आफ्नै हुने जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्