OnlinePana

आज : २०८२ जेठ २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र १७, २०७९
३१६ पटक

१७ भदौ २०७९, शुक्रबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुर्खेत आउँदै हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटी हलमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रम सम्बोधनका लागि अध्यक्ष प्रचण्ड सुर्खेत आउन लाग्नुभएको प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिनुभयो । अध्यक्ष बिहीबार नै सुर्खेत आउने कार्यक्रम रहेपनि सिट बाँडफाँडका लागि काठमाडौंमा सत्ता गठबन्धनभित्रको बैठकका कारण आउन नसक्नुभएको उहाँले बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा भने उपमहासचिवद्वय जनार्दन शर्मा (प्रभाकर) र शक्ति बस्नेत (सुरेश) बिहीबार देखि नै सुर्खेतमा हुनुहुन्छ । उक्त प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज, सहइन्चार्ज, केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा जिल्ला समन्वय समितिका अध्यक्षहरुको सहभागिता रहेको जनाइएको छ । शुरबहादुर सिंह

प्रतिकृया दिनुहोस्