OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १६, २०७९जुम्ला,
६९९ पटक

जुम्ला ः एसिया इन्टरनेश्रल मोडेल इङ्गलिस स्कुल,जुम्लामा अध्ययनरत कक्षा युकेजीका बिध्यार्थी वर्ष ६ का पृथक बिक्रम शाहीको उपचार नगराएका प्रति निजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन जुम्लाले ध्यानआर्कषण गरेको छ ।

बिद्यालयले आमा आशा हमालले पेश गरेको निबेदन सहित अन्य प्रमाणहरु प्रति गम्भिरता पुर्वक अध्ययन गर्दै बालकलाई उपचार नगराउने प्रतिष्ठानमा कार्यरत्त डाक्टर करण शाहको भेदभाव, पुर्ण ब्यवहार प्रति निजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन जुम्लाको ध्यानआर्कषण भएको हो ।

२०७९।०५।०२ गतेका दिन कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान,जुम्लाको इमेरजेन्सी वार्डमा करिव बिहानको ९ बजे तिर उपचारको सिलसिलामा वालक पृथक बिक्रम शाही प्रति उक्त डियुटिमा रहेका डाक्टर करण शाहले उपचार सेवा प्रदान नगरि उपेक्षा, भेदभाव, घृणा तथा उत्पीडनमा पारि दायित्व निधाह नगरेको साथै मानसिक पिडा दिएको बिषय प्रति हाम्रो गम्भिर ध्यानआर्कषण भएको उक्त ध्यानआर्कषण पत्र उल्लेख गरिएको छ ।

आवासीय बिद्यालय अर्गनाइजेशन जुम्लाका अध्यक्ष टासी दीडुप लामा र सचिब रतन बहादुर शाहीबाट हस्ताक्षरीत प्रेस विज्ञेप्ती पत्रमा उल्लेखित छ । नेपालको संबिधान र बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद(२ मा उल्लेखित बाँच्न पाउने अधिकार १ मा सम्मान पुर्वक बाच्न पाउने अधिकार हुने छ भनि उल्लेख गरिएको छ ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहले बालबालिकाको बाच्न पाउने अधिकार र बालबालिकाको समग्र विकासका लागि वालवालिका माथी हुने दुर्घटनाको रोगथाम, न्यूनिकरण लगायतका प्रतिरोधातत्मक सुरक्षा सेवाका लागि आवश्यक उपाय अवलम्वन गर्नुपर्दछ भनि स्पष्ट उल्लेख गरेको छ ।
यस्तो छ प्रेस विज्ञेप्ती :

 

प्रतिकृया दिनुहोस्