OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,भाद्र १५, २०७९जुम्ला,
७९० पटक

भदौ १५ गते । सिंजाका पुराना नेता स्वर्गिय लालु शाहीको १५ औ बार्षिक स्मृति दिनको अवसरमा विमर्श कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा लालु शाहीको व्यक्तित्व र समाजमा गरेका कामका बिषयमा वहश तथा विमर्श गरिएको हो ।

रेडियो सिंजा खोला एफ एमले सिंजा गाउँपालिकाको केन्द्र नराकोटमा आयोजना गरेको कार्यक्रममा जुम्लाका प्रतिनिधी अगुवाहरुले शाहीका सामाजिक कामहरु, आदर्श र व्यक्तित्वको बिषयमा एक दिने वहश गरेका हुन् ।

वहशमा उहाँले गरेका र समाजमा छाप परेका कामहरुको विमर्शले एक पटक सिंजाको विकासलाई झल्काउने प्रयास गरिएको छ । एसएलसि केन्द्र सिंजा क्षेत्रको नराकोटमा उहाँकै नेतृत्वमा शुरु भएको स्मरण सहित अहिले सिंजा गाउँपालिकाको नराकोट प्रशासनिक केन्द्र बन्नमा समेत उहाँको लगानी रहेको जानकारहरु तथा सहकर्मीहरुले बताएका छन् ।

नेपाली कांग्रेसका ७० बर्षिय जयहरी आचार्यले लालु शाही सादा जीवनका आदर्श नेता भएको स्मरण गर्नु भयो । उहाँले छिटो निर्णय दिन सक्ने र सामाजिक काममै उनको जीवन वितेको बिषयको वर्णन गर्न नसकिनेमा उहाँले जोड दिनुभयो ।

भैरव माध्यामिक विद्यालयका पुर्व शिक्षक नवराज शर्माले उहाँ सँग शैक्षिक क्षेत्रमा गरिएका कामको स्मरण गर्नुभयो । उहाँले तत्कालिन समयकै शैक्षिक केन्द्र भैरव माध्यामिक विद्यालयमा एसएलसि केन्द्र स्थापना गर्न जिल्ला प्रशासनका धर्ना कस्ने देखी कक्षा १२ सम्मको अध्यापन कक्षा स्विकृत गराउन ठूलो योगदान रहेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले लालु शाही कसैको चाकरी गर्ने नेता नभईकन सादा जीवनको व्यक्ति भएको स्मरण गर्नुभयो । उहाँले स्वच्छ विचारका शाहीको बाटो अहिलेको पुस्ताले अगाल्नुपर्नेमा बताउनुभयो ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले लालु शाही गणतन्त्रवादी नेता भएको बताउनुभयो । उहाँले विचारमा कांग्रेस भएपनि प्रतिपक्षको पनि भावना बुझ्ने भएको स्मरण गर्दै राम्रा कामको समर्थक र नराम्रा कामको आलोचक समेत लालु शाही रहेकाले ईतिहासमा राजकीय निति कार्यक्रम यस पटक सिंजाले खसभाषामा प्रस्तुत गरेको काम लालु शाही जस्ता नेताले धन्यवाद दिन पछि नहट्ने बताउनुभयो ।

अधिकांश बक्ताहरुले स्वार्गिय लालु शाहीले सामाजिक कामको क्रममा गरेका किस्साले भने विमर्श कार्यक्रम निकै आकर्षति बनेको थियो । कुनै समय उहाँ भारतमा सहकर्मीको साथमा जानुभएछ त्यहाँ भारतीय प्रहरीले पास खोजेछ, उहाँले पास आफुसँग भएको भन्दै सवैलाई प्रहरीको क्षेत्र कटाउनु भएछ, पछि प्रहरीलाई पास यहीहो भन्दै,पेट देखाृउदा प्रहरी दंग परेछ । प्रहरीले पेट किन पास भनेको भनेपछि हामी पेट पाल्न आएको पास किन चाहियो भनेर उत्तर दिनुभएछ ।
कुनै समय भैरव माध्यामिक विद्यालय नरोकोटमा हावाले छाना उडाएछ, व्यवस्थापनका लागि शाही सहितको टोली सिडियो कार्यालय पुगेछ, किन आउनुभयो भनेर सिडियोले सोध्दा (क्षेत्रपाल ३, विद्यालयमा छैनन टिन) भनेर ध्यानाकर्षण गराउनु भएको बिषयले माग सम्वोधन भएको भन्ने छ ।
भारतमा सिलाजिल लैजा मोटाउछ भन्दै व्यापारको प्रचार गर्नु भएछ । सावुनको पशलमा वसेका सावुन व्यापारी भारतीयले सोधेछन् । त्यसो भए तिमी किन मोटाएनौ ? लालु शाहीले भन्नुभएछ त्यसो भए त सावुनको व्यापार गर्छस किन कालो भईस भनेर उत्तर दिनु भएछ ।

को हुन लालु शाही ?
सिंजा गाउँपालिका पिंगी गाउँ निवासी लालु शाही १६ बर्ष गाविसको नेतृत्व गर्नुभएको थियो । उहाँ गाविसध्यक्ष समेत हुनुभएको थियो । २० बर्षको उमेरमा पहिलोपटक २०२४ सालमा उपप्रधान, २०३४ मा फेरि उपप्रधान, २०२९ र २०३९ सालमा २ पटक प्रधानपञ्च र २०४९ सालमा गाबिस अध्यक्ष हुनु भएको थियो ।

उहाँले भैरव माध्यामिक विद्यालय नराकोटमा ३ पटक ब्यवस्थापन समिति अध्यक्ष समेत हुनु भएको थियो । शाहीले राजाको प्रत्यक्ष शासनकालमा जिल्ला बिकास समिति सदस्यमा मनोनयन गर्दा अस्विकार गर्नुभएको थियो । माओबादीलाईनै द्वन्द्व कालमा माओबादिलाईनै प्रभावमा पारि मन जितेर अरु नेताहरु बिस्तापित भएपनि गाउँमै स्थापित हुनुभएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्