OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,भाद्र १५, २०७९जुम्ला,
३६८ पटक

भदौ १५ गते । यहाँका चन्दननाथ नगरपालिकाका ५ गाउँलाई सप्ताहव्यापी नमूना सरसफाई अभियान गरिएको छ ।
चन्दननाथ नगरपालिका र केही साझेदार संस्थाहरुले ५ वटा गाउँलाई नमूना सरसफाई अभियान गरिएको छ ।
सो अन्तरगत एकसाताभरी ति गाउँहरुमा जनप्रतिनिधि, सरसफाई अभियानकर्ता, साझेदार संस्थाहरु, स्वंसेवकहरु परिचालन गरि सचेतना तथा घरभेटघाट गरिएको छ ।

नगरप्रमुख राजुसिंह कठायतले चन्दननाथ नगरपालिकाको सवैभन्दा पहिलो लक्ष्य सरसफाई भएको र स्वच्छ शहर र स्वच्छ नगरबनाउने अभियान रहेको बताउनुभयो । उहाँले सफा शहर भएमा हामी सवै हिसावले स्वस्थ्य धनी हुने बताउदै सानो बजेट भएपनि चन्दननाथले सरसफाईमा जोड दिने प्रतिवद्धता जनाउनुभयो ।

चन्दननाथ नगरपालिकाले साझेदार संस्थाहरु पेश नेपाल, एसएनभि नेपाल र मित्रसमाजको सहयोग तथा साझेदारीमा नमूनाको रुपमा टोलटोलमा सरसफाई शिक्षा र घरभेटघाट गरेर एक साता सरसफाई अभियान सम्पन्न गरिएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।
नगरउपप्रमुख रामदेवी खड्काले निर्वाचन भएको समय देखी चन्दननाथलाई कसरी सफा गर्ने भन्ने बिषयमा छलफल वहश तथा अभियान शुरु भईरहेको बताउनुभयो । उहाँले हरेक वडा, स्थानीय र सरोकारवाला अव यस बिषयमा जिम्मेवार र सचेत हुनेमा जोड दिनुभयो ।

मित्रसमाजका जिल्ला संयोजक भरतबहादुर बोहोराका अनुसार हरेक ३ महिनामा चन्दननाथ नगरपालिकाको अगुवाईमा ‘हेप्पी हेल्दी विक’ मनाईदै आउने काम भएको छ । यस पटक पनि ७ दिन ५ वटा गाउँमा सरसफाई अभियान गरेर सदरमुकाममा बृहत रुयाली सहित सम्पन्न भएको छ । उहाँका अनुसार चन्दननाथ वडा नम्बर ४ सिंगाचौर, वडा नम्बर ३ खोलीकोट, वडा नम्बर १ हैतीवाडा, वडा नम्बर ९ वयालकाटिया, वडा नम्बर ८ स्यालबाडा गाउँमा एक हप्ता सचेतना सामाजिक व्यवहार परिवर्तन सम्वन्धी सरसफाई साप्ताहिक अभियान गरिएको छ ।

अभियानले चन्दननाथको सुशी स्वस्थ शहर ,मेरो चन्दननाथ मेरो पहिचान भन्ने नारालाई यस अभियानले सहयोग गर्ने बताईएको छ । यस अभियानलाई निरन्तर रुपमा अगाडि बढाउन आवश्यक रहेको पेस नेपाल जुम्लाका कार्यकारी अध्यक्ष किश्वर न्यौपानेले जानकारी दिनुभयो ।अभियान अन्तरगत घरदैलो गरेर कुहिने र नकुहिने फोहोर छुट्याउन समेत सचेतना गरिएको छ । चन्दननाथले सफा शहर गर्न दैनिक फोहोर उठाउने, व्यवस्थापन गर्ने सचेतना दिने अभियानलाई जोड दिएको बताएको छ । यद्यपि बजारमा फोहोर उठ्न कठिन भएको व्यापारीहरुको गुनासो रहेको छ ।

प्रतिकृया दिनुहोस्