OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १२, २०७९सुर्खेत
२३३ पटक

१२ भदौं २०७९, आइतबार

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहको राजीनामा स्वीकृत भएको छ ।

मन्त्रीद्वय विष्ट र सिंहले आज मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा पेश गर्नुभएको थियो । दुवैको राजीनामा स्वीकृत भएको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । मन्त्रीहरुको राजीनामापश्चात रिक्त रहेको पदमा मन्त्री नियुक्ति आजै हुने उहाँले बताउनुभयो । उहाँका अनुसार नवनियुक्त मन्त्रीको सपथको भोलि हुन सक्छ ।

नेकपा (माओवादी केन्द्र) प्रदेशसभा दलको बैठकले शुक्रबार मुख्यमन्त्री शाही समक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउने निर्णय गर्दै दलको प्रमुख सचेतक कृष्णा शाह र प्रदेशसभा सदस्य रातो कामीलाई मन्त्रीका लागि सिफारिस गरेको थियो ।

प्रतिकृया दिनुहोस्