OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही भाद्र ९, २०७९जुम्ला
७१२ पटक

भदौ ९ गते । जुम्लाको चन्दननाथ नगरपालिकाले पञ्चबर्षिय योजना बनाउन थालेको छ ।
नगरपालिकाले शैक्षिक अवस्था सुदृढ गर्नका लागि २०७९-२०८३ पञ्चबर्षिय नगरशिक्षा योजना वनाउन थालेको हो ।

नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईका अनुसार नगरपालिकाको शैक्षिक अवस्था सुदृढ गर्न नगर योजना शुरु गरिएको हुन्छ । नगर शिक्षा योजनाका लागि नगर प्रमुख राजुसिंह कठायतको संयोकत्वमा ९ सदस्यीय मुल निर्माण समिति र शिक्षा शाखा प्रमुख चौलार्गाइको नेतृत्वमा ६ सदस्यीय कार्यदल समिति गठन समेत गरिएको छ ।

शाखा प्रमुख चौलगाईका अनुसार नगर योजनाको मस्यौदा तयार भएको छ । नगरयोजनाले ५ बर्षको शैक्षिक अवगस्था, भौतिक पूर्वाधारको अवस्था, शिक्षक तथा जनशक्तिको अवस्था र सुधानुपर्ने बिषय मुख्य रुपमा समेटिने भएको छ । नगरयोजनाले नगरपालिकामा शिक्षा सुधार्नका लागि आवश्यक बजेट, खर्च र आगामी योजनाको बिषय महत्वपूर्ण सहयोग पुग्ने भएको छ ।

नगरप्रमुख राजुसिंह कठायतका अनुसार नगरको शिक्षालाई सुदृढ गर्न प्रभावकारी योजना बनाउन प्रयास भईरहेकोमा जोड दिनुभयो । उहाँले शिक्षा नै विकासको पहिलो आधार भएकाले नगर शिक्षा योजनाले कसरी राम्रो गर्ने भन्ने बिषयमा सहयोग पुग्ने बताउनुभयो ।

नगरशिक्षाको मस्यौदामा अझैपनि छुटेका विषय समेटन समय भएको जोड दिनुभयो । शाखा प्रमुख चौलगाईका अनुसार चन्दननाथ नगरपालिकामा २७ वटा विद्यालय रहेका छन् । जसमा ७ वटा माध्यामिक विद्यालय छन् । शाखा प्रमुख १९ वटा सामुदायिक विद्यालय, ८ वटा सामुदायिक विद्यालय रहेका छन् । यसैगरी ३५ वटा संघीय सरकारका र ४ वटा स्थानीय सरकारका गरी ३९ वटा वालविकास केन्द्र छन् ।

नगर शिक्षा योजना कोर्दै शाखा प्रमुख खडानन्द चौलागाई 

प्रतिकृया दिनुहोस्