OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,भाद्र ६, २०७९जुम्ला,
५४८ पटक

भदौ ६ गते । जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १ ले सामाजिक सुरक्षाभत्ता वुझ्न जाने सेवा ग्राहीलाई यातायात सुविधा प्रदान गर्न शुरु गरेको छ ।

वडा नम्बर १ का धेरैलाई वैंकमा आउन करिब एक दिन लाग्ने र हिडेर कठिन हुने भएकाले वडा कार्यालयले सवैलाई बैंकमा जान यातायात सुविधा सहित सामाजिक सुरक्षाभत्ता बुझ्न र घर आउन सहज हुने भएको छ ।

वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार ४५७ जनालाई सामाजिक सुरक्षा भत्ताका लागि बसको व्यवस्थापन गरि सेवा दिईएको छ । वडा अध्यक्ष शाहीले वालवालिका २६१ जना, ज्येष्ठ नागरिक १७३ जना, एकल महिला १८ जना र अपाङ्गता भएका व्यक्ति ४ जनालाई गाडि रिजर्व गरेर सेवा प्रदान गरिएको बताउनुभयो । त्रैमासिक रुपमा वैंकले दिएको दिनमा अव हिमा गाउँपालिका वडा नम्बर १ का सामाजिक सुरक्षाभत्ता पाउने नागरिकलाई यातायात सेवा निरन्तर दिईनेछ ।

भौगोलिक रुपमा गाउँपालिका र बैंक टाढा भएकाले वडा कार्यालयले बस चढाएर बैंक पुयाएपछि ज्येष्ठ नागरिक सहितका सेवा ग्राहीहरु खुशी भएका छन् । उनिहरुले हिडेर जान नसकिने, साधन पनि पाउन कठिन हुने समयमा वडापालिकाले राम्रो काम गरेको ज्येष्ठ नागरिकहरुले बताएका छन् । ८३ बर्षिय धनबहादुर रोकायाले धेरै पटक गाउँपालिका सामाजिक जान कठिन भएको तर यो पटक वडासरकारले बस गरेकाले सजिलो भएको बताउनुभयो ।

पूर्ण अशक्त अपांगता भएका व्यक्ति नरेश रोकायाका वुवा मानबहादुर रोकायाले अव सामाजिक सुरक्षा भत्ता लिन सजिलो भएकोमा वडापािलकालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिकृया दिनुहोस्