OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही भाद्र ५, २०७९जुम्ला,
१७६८ पटक

भदौ ५ गते । उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले जुम्लाका स्थानीय तहमा एक फन्को लगाएका छन् ।
शाहीले जुम्लाका आठवटै स्थानीय तहमा चुनाव प्रचार अभियानमा एक पटक फन्को मारेका हुन ।

राप्रपाको आयोजनामा थालिएको चुनावी अभियानमा स्थानीयतमा भेटघाट गरिएको शाहीले बताउनु भयो । उहाँले एक पटक जिल्लाभर प्रचार गरिएको र आफुले जित्ने दावी समेत गर्नुभयो ।

ज्ञानेन्द्र शाहीको प्रचार अभियान अन्तरगत साउन २८ गते सिंजा गाउँपालिका, २९ गते कनकासुन्दरी गाउँपालिका, ३० गते हिमा गाउँपालिका ३१ गते तिला गाउँपालिका, १ गते तातोपानी गाउँपालिका, २ गते गुठिचौर गाउँपालिका र ३ गते पातारासी गाउँपालिकामा चुनावी प्रचार अभियान कार्यक्रम पहिलाे चरणमा सकिएकाे छ ।

ज्ञानेन्द्र शाहीले जिल्ला भर घुमेर जिल्लामा सम्पर्क कार्यालय पनि खोल्नु भएको छ । उहाँले जुम्लाबजारको जुगाँडखोलामा चुनावी अभियानको सम्पर्क कार्यालय खोल्दै एक पटक राष्ट्रमा नेतृत्व गर्ने गरी भोट दिन अनुरोध गर्नु भएको हो ।

उहाँले आफुलाई नेपाली कांग्रेसका टिकटका दावेदार आफन्तबाट पनि समर्थन भईरहेको बताउनुभयो । शाही अहिले राप्रपाको हलो चिन्ह लिएर जुम्लाबाट प्रतिनिधिसभाको उम्मेदवार घोषणा गर्दै मैदानमा हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्