OnlinePana

आज : २०८१ पौष ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २, २०७९जुम्ला
७२५ पटक

२ भदौं २०७९, बिहीबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि विशेषज्ञविहिन मुगु अस्पतालमा विशेषज्ञ डाक्टर पठाएकाे छ ।

विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरी महिलाहरुले ठूलो सास्ती भोग्नुपरेको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा.मंगल रावलका अनुसार डा.जितेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा.सिद्धार्थ खातीले दुई वर्ष सेवा दिनुभएको थियो । उहाँले छोडेपछि विशेषज्ञ चिकित्सकविहिन् मुगुका नागरिकहरुले दुःख भोग्दै आएका थिए ।

उपलकुलपति डा.रावलले भन्नुभयो, “डा.खातीले छोडेपछि मुगु अस्पताल एक वर्ष विशेषज्ञ चिकित्सकविहिन् हुँदा त्यहाँका सात जना सुत्केरी महिलालाई हेलिकोप्टरबाट बाहरि पठाउनु प¥यो । यही समस्याको समाधानका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी, स्वास्थ्य सचिव डा.रोशन पोख्रेल, मुगुका प्रजिअ रोमबहादुर महत र त्यहाँका सम्पूर्ण नेतृत्वहरुको सहजीकरणमा विशेषज्ञ सेवा प्रदान गर्न आग्रह हुँदा बुधबार एमडीजिपी डा.सुरेन्द्र शाक्यलाई पठाएर सेवा सुरुआत गरिएको छ ।”

विशेषज्ञ डा.शाक्यको उपस्थितिले मुगुका बिरामीहरुको घाउमा मलम लाग्ने विश्वास रहेको जनाउँदै उहाँले उक्त सेवा निरन्तर रहने र अब आकस्मिक तथा जटिल खालका रोगको उपचार सेवाका लागि मुगुले हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने संकट व्यहोर्नुु नपर्ने बताउनुभयो । उपकुलपति डा. रावलका अनुसार प्रतिष्ठानका बायोमेडिकल इञ्जिनियर अर्जुन सिंह नेतृत्वको टोलीले बुधबार नै मुगु जिल्ला अस्पतालमा रहेका सम्पूर्ण औजार उपकरण मर्मत सम्भार कार्यको थालनी गरेको छ !

कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरी स्वास्थ्य सेवाको पहुँचलाई विस्तार गर्दै लैजाने प्रतिष्ठानको अभियानलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार र सम्पूर्णको साथ सहयोग निरन्तर हुने अपेक्षा गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिकृया दिनुहोस्