OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १, २०७९ जुम्ला,
४९५ पटक

जुम्ला,भदौ १ गते । जुम्लाको कनकासुनदरी गाउँपालिका वडा १ मा चट्याङ लागेर गाईगोरुको क्षेति भएको छ ।
वडा नम्बर १ मर्फानको डोर पाटनमा चट्याङ लागेर १२ वटा गोरु १ गाई मेरका वडापालिकाले जनाएको छ ।

वडाध्यक्ष भिमबहादुर भण्डारीका अनुसार २७ गते राती पाटनमा बर्षा भईरहेको समयमा ओडार नजिक ओथ लिईरहेको समयमा गाईगोरुको मृत्यू भएको छ । उहाँका अनुसार ९ जना किसानका गोरु र गाई मेरका हुन् । सदरमुकामबाट सो स्थान टाढा भएकाले ढिला खबर प्राप्त भएको छ । घटनाको स्थलगत अनुगमन तथा प्रहरी मुचुल्का समेत भईसकेको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

पशु अस्पताल तथा पशुसेवा कार्यालयले घटनाको मुचुल्का भईसकेको र आवश्यक कागजातहरु जिल्लामा मगाईएको छ । कार्यालय प्रमुख गोविन्दबहादुर महतका अनुसार प्रहरी मुचुल्का र प्रमाणको आधारमा किसानलाई राहात दिईनेछ ।

 

 

प्रतिकृया दिनुहोस्