OnlinePana

आज : २०८३ जेठ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३१, २०७९काठमाडौं
६३८ पटक

३१ साउन २०७९ मंगलबार

निर्वाचन आयाेगले दिएकाे समयसीमा अनुसार मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो।

निर्वाचन आयोगले साउन २२ देखि साउन ३१ गतेसम्म दल दर्ता गराउन  नेपालका सम्पूर्ण राजनीतिक दलहरुलाइ आह्वान गरेको थियो। स‌ंविधान बमाेजिम सम्पूर्ण राजनीतिक दलहरुले प्रत्यक्षतर्फ र समानुपातिक तर्फ निर्वाचनमा भाग लिन दल दर्ता गराउनुपर्छ। यो अवधिमा दल दर्ता नगर्नेले दलबाट चुनावमा भाग लिन पाउँदैनन्।

नेपाली कांग्रेसले आज दल दर्ता गर्दैछ। मुख्यसचिव कृष्णप्रसाद पौडेललाई केन्द्रीय कार्यम्पादन समितिको गत शनिबारको बैठकले दल दर्ता गराउने जिम्मेवारी दिएको थियो।

अहिलेसम्म आयोगमा ६२ दल दर्ता भएकाे जनाइएकाे छ । नेकपा एमालेले र नेकपा माओवादी केन्द्रले पनि दल दर्ता गरिसकेको छन् ।

प्रतिकृया दिनुहोस्