OnlinePana

आज : २०८३ जेठ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३१, २०७९काठमाडौं
९२७ पटक

३१ साउन २०७९ मंगलबार

नेपाली कांग्रेसका सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।

गृह मन्त्रालयको निर्देशन अनुसार नागरिकतामा आफ्नो नाम सच्याउँन पुगेका कर्णबहादुर कामीमाथि जातीय विभेदलाई प्रश्रय दिने गरी अपमानपूर्वक व्यवहार गरेको भन्दै प्रजिअ प्याकुरेल माथि तत्काल कारबाही गर्न सरकारसँग माग गर्नुभएको हो ।

मङ्गलबार प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले कानुनभन्दा आफूलाई माथि राखि दलितमाथि दुव्र्यवहार गर्ने प्रजिअ प्याकुरेलले गृह मन्त्रालयको निर्देशनलाई समेत पालना नगरेर जातीय दम्भ देखाएकोमा आक्रोश व्यक्त गर्नुभयो ।

सांसद परियारले लोकतन्त्रमा कर्मचारीहरु शासक नभई जनताको सेवक हुने भएकाले उनीहरुले जनसेवाको काम नगरे सरकारले तत्काल कारबाही गर्नुपर्ने पनि बताउनुभयो । साभार: गाेरखापत्र  अनलाइनबाट

प्रतिकृया दिनुहोस्