OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३०, २०७९सुर्खेत
४७९ पटक

३० साउन २०७९, सोमबार

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा संघीय शासन प्रणाली सवलीकरणका विषयमा अन्तरक्रिया सुरु भएको छ ।

कणाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको व्यवस्थापन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरण तथा राष्ट्रिय सभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिको आयोजनामा आजबाट छलफल सुरु भएको छ । अन्तरक्रियात्मक कार्यक्रमको उद्घाटन राष्ट्रिय सभामा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गर्नुभयो ।

नेपालको संविधानको धारा ५६ उपधारा (२) को कार्यान्वयनको अवस्था, राष्ट्रिय सभा नियमावली, २०५७ को उपनियम ७८ बमोजिम गठित समितिका काम कर्तव्य अधिकार लगायतका विषयमा छलफलका लागि समितिले देशभरका प्रदेश राजधानीमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको जनाइएको छ । सोही अनुसार दुई दिनसम्म कर्णाली वीरेन्द्रनगरमा पनि अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना हुनेछ ।

अन्तरक्रियात्मक छलफल कार्यक्रममा कर्णाली सरकारका मुख्यमन्त्री, सभामुख, मन्त्री, उपसभामुख, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारी, विपक्षी दलका नेता, समितिका सभापति, दलका नेता, प्रदेश लोकसेवा आयोगका पदाधिकारीहरु, मुख्यन्यायधिवक्ता, स्थानीय तहका प्रमुख, उपप्रमुख, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधहरु, नीजि क्षेत्र, गैर सरकारी क्षेत्र, नागरिक समाज र पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्