OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २९, २०७९सुर्खेत
३०९ पटक

२९ साउन २०७९, आइतबार

भेरीगंगा नगरपालिका ५ सुर्खेत गेरवानीका दुई जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको बफर जोन (मध्यवर्ती क्षेत्र)को जंगलमा घाँस काटन गएका गेरवानी निवासी ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि वलीको जंगली जनावरको आक्रमणका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

“उनीहरु आज बिहान ८ः०० बजे आफ्नो घर देखि तीन÷चार सय मिटर पूर्वतर्फ बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको बफर यरियामा (जङ्गलमा) घाँस काट्न गएका रहेछन्,” सूचना अधिकारी कार्कीले भन्नुभयो, “घाँस काट्न गएका उनीहरु अबेरसम्म नफर्किएपछि उनीहरुका आफन्तहरुले ४ः२० बजेको समयमा अस्थायी प्रहरी पोष्ट बबईमा खबर गरे ।”

खबरपश्चात् तत्काल प्रहरी टोली, बर्दिया राष्ट्रिय निकुञ्ज देवदत्त गण चिसापानी सुरक्षा चेक प्वाईन्ट चेपाङ बबईबाट खटिएका नेपाली सेना, निकुञ्जका कर्मचारी र स्थानीय मानिसहरुले खोजतलास गर्दै जाँदा दुवै जनालाई जङगली जनावरले आक्रमण गरी मृत्यु भएको अवस्थामा फेला पारेको उहाँले बताउनुभयो । मृतक चन्दको पेट र वलीको घाँटीको भाग खाएको बताउँदै प्रनाउ कार्कीले उक्त स्थानमा थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी टोली जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्