OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २९, २०७९जुम्ला
४०० पटक

 

जुम्ला ०७९ साउन २९ गते,

१३ वर्षीया बालिकालाई यौन दुव्र्यवहादुर गरेको आरोपमा चन्दननाथ नगरपालिका – ७ का प्रेमजंग (प्रेमराजा) महतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार महतलाई साउन २८ गते नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । उहाँले अनुसन्धान शुरु भएकोमा जोड दिनुभयो ।

पीडित बालिका चन्दननाथ नमुना माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययन गर्दै आउनु भएको थियो । सोही विद्यालयकी शिक्षिका बवी केसी भन्नुभयो, ‘ती बालिका सुरुमा स्कुल आउँदा पढाइमा जागरुक थिइन् । केही समयपछि भने उनी विद्यालय आउँदा टोलाएर बस्ने गरेको देखेँ । मैले चासो दिएर सोधे ँ। उनी बेस्सरी रुन थालिन् ।’

त्यो देखेपछि आफू समेत भक्कानिएको शिक्षिका केसीले बताउनुभयो । उहाँले भन्नुभयो सोध्दै जाँदा बालिकाले आफूमाथि करणी भएको बताइन् । त्यसपछि विद्यालयमा अभिभावक भेला बोलाएर यो विषयमा छलफल भयो । ‘बालिकाकी आमा समेत आइन् । शिक्षक केसीले बालिकाकी आमालाई कानुनी रूपमा जान सुझाएको बताउनु भयो । तर पैसामा मिलापत्र गरेको खबर सुन्न आयो ।’ बालिकामाथि करणी भएको कुरा उनको शरीर र अनुहारले बताएको छ ।

यौन दुव्र्यवहार घटनाका आरोपित महत महतले ती बालिकालाई पढाइदिने र घरायसी काममा सहयोग गर्ने भनी छोरी बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी ०७९ बैशाखमा लिईएको बताईएको छ ।

पीडित बालिका जाजरकोट जिल्ला कुशे गाउँपालिकाबाट आमासँगै जुम्ला आएकी हुन् । आमाले बजारमा व्यापार गरी बस्न थालेपछि आमासँगै जुम्ला बजार आएकी हुन् ।
छोरी बनाएर पाल्छु भनी लगेका महतले आफूलाई करणी गर्ने र अरूसँग भने मारिदिन्छु भन्ने धम्की दिएपछि पीडा सहन नसकेर बालिकाले मुसा मार्ने औषधि(विष) खाएको बताएकी छन् ।

पैसाको प्रलोभनमा पारेर साउन तेस्रो साता घटना मिलापत्र भएको पीडित बालिकाकी आमाले बताउनु भयो । जुम्लामा स्कुल जाने वातावरण नभएपछि बालिका मामाघर जाजरकोट पठाएको छ । यौन दुव्र्यवहार घटनाका आरोपित महतबाट मिलापत्रका लागि सात लाख रकम दिइएको एक कागजमा उल्लेख छ । बालिकाकी आमाले भन्नुभयो, ‘एक लाख उनीहरूले नै बाँडेर लिए । एकजनाले १५ हजार र अरूले कुरा मिलाएको भन्दै सबैजनाले दश दश हजार गरी लिएका हुन् । बाँकी रुपैयाँ पीडित बालिकाको जुम्लामा रहेको माछेपुच्छ्रे बैंकको खातामा राखिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दका अनुसार यौन दुव्र्यवहार घटनाका आरोपित महत पक्राउ गरेका छौँ । उहाँले भन्नुभयो अहिले हामी घटनाको अनुसन्धान प्रक्रियामा छौँ । पीडित बालिका जिल्ला बाहिर रहेकीले स्वास्थ्य परीक्षण गर्न बाँकी रहेको छ ।

करणी सम्बन्धी कसुर र सजाय
२०७५ साल भदौ १ गतेदेखि भने मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता कार्यान्वयनमा आएको छ र अलग प्रकृतिका कसुर यी कानुनले अलग–अलग हेर्ने गर्दछ । अपराध संहिताको परिच्छेद १८ मा करणी सम्बन्धी कसुर र त्यसको दण्ड व्यवस्थाबारे उल्लेख छ। जसको दफा २१९ मा जबरजस्ती करणी गर्न नहुने उल्लेख छ। त्यसरी कानुनले नगर्न भनिएको कुरा गरेमा कुन–कुन अवस्थामा के–कति दण्ड–सजाय हुने भन्ने प्रष्ट गरिएको छ ।

दफा २१९ को उपदफा (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने छ। मुलुकी अपराध संहिता, २०७४ परिच्छेद– १८ करणी सम्बन्धी कसुर यस्तो व्यवस्था गरेको छ ।

 

प्रतिकृया दिनुहोस्