OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २९, २०७९सुर्खेत
८९४ पटक

२८ साउन २०७९, शनिबार

विकट हिमाली जिल्ला मुगुका कार्यरत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत सम्मानित हुनुभएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड काठमाडौंको तेस्रो वार्षिकोत्सवको अवसरमा शनिबार प्रमुख जिल्ला अधिकारी महत सम्मानित हुनुभएको हो । उद्योग वाणिज्य तथा आपूतिमन्त्री दिलेन्द्रप्रसाद बडुले उहाँलाई सम्मान पत्र प्रदान गर्नुभयो । मन्त्री बडुले विकट जिल्ला रहेर कठिन चुनौतिहरुका बाबजुद पनि कुशलतापूर्वक आफ्नो जिम्मेवारी पुरा गरेको बताउँदै प्रजिअ महतको उच्च प्रशंसाका साथै थप प्रगतिको कामना गर्नुभयो ।

वार्षिकोत्सव कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सचिव तथा कम्पनीका अध्यक्ष डा.गणेशप्रसाद पाण्डेयले प्रजिअ महतले आफ्नो अधिकार क्षेत्रमा रहेर नागरिकलाई विधिको शासनको प्रत्याभूति दिलाएको टिप्पणी गर्नुभयो । सचिव डा.पाण्डेयले आगामी दिनमा पनि यस्तै थप रचनात्मक सहयोग अपेक्षा गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले कठिन भूगोल र जटिल परिस्थितिमा पनि आफ्नो कार्य कुशलता देखाउनु भएको भन्दै प्रजिअ महतप्रति कृतज्ञता प्रकट गर्नुभयो । प्रजिअ महतले चुनौतिपूर्ण अवस्था गरिने कामले कार्य दक्षताको मापन हुने र त्यसले नागरिकलाई सुशासनको अनुभूति गराउने बताउनुभयो । उहाँले कम्पनी दिएको सम्मानले राष्ट्रसेवकीय जीवनमा थप उर्जा प्रदान गरेको बताउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नेपाल सरकारको जिम्मेवार र उम्दा प्रशासकका रुपमा रही सरकारी जग्गा संरक्षण गर्ने नीति अनुरुप यस कम्पनीको शाखा कार्यालय मुगुको स्वामित्वमा रहेको जग्गामा लामो समयदेखि अनाधिकृत रुपमा घरटहरा बनाई जग्गा अतिक्रमण गरेर बसेको अवस्थामा त्यहाँको प्रतिकूल परिस्थितिको बाबजुद घरटहरा हटाई कम्पनीको जग्गा संरक्षणमा देखाउनुभएको तत्परता र अहम् भूमिका उच्च मूल्याङ्कन गर्दै प्रजिअ महतलाई सम्मान गरेको थियो ।

प्रतिकृया दिनुहोस्