OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २८, २०७९सुर्खेत
२९० पटक

२८ साउन २०७९, शनिबार

सुर्खेत उद्योग बाणिज्य संघअन्तरगत सुर्खेत हार्डवेयर समितिको अध्यक्षमा दिनेश ढकाल निर्वाचित हुनुभएको छ ।

समितिको सातौं चुनावी साधारण सभाबाट अध्यक्ष ढकालको नेतृत्वमा १५ सदस्यीय सुर्खेत हार्डवेयर समिति निर्वाचित भएको हो । उक्त समितिको बरिष्ठ उपाध्यक्षमा चेतन भट्टराई, प्रथम उपाध्यक्षमा बालकृष्ण हमाल चालिसे, द्वितिय उपाध्यक्षमा वसन्तराज पाैडेल र सचिवमा केशव बिसी निर्वाचित हुनुभएको छ ।

त्यस्तै, सहसचिवमा महेन्द्र ढुङ्गाना, कोषाध्यक्षमा दिपक शर्मा र सहकोषाध्यक्षमा इन्द्रबहादुर खड्का चयन हुनुभएको नव निर्वाचित समितिका अध्यक्ष ढकालले जानकारी दिनुभयो । त्यसैगरी, समितिको सदस्यहरुमा डिलप्रकाश थापा, चन्द्रप्रकाश देवकोटा, प्रशान्त बस्नेत, कमल लामिछाने, रोशन तिवारी, सुरेन्द्रप्रसाद शर्मा र नगेन्द्रराज उपाध्याय निर्वाचित हुनुभएको छ ।

खासगरी हार्डवेयर व्यवसायीहरुको हकहित संरक्षण तथा व्यवसाय प्रवद्र्धनमा सहयोग पुगोस् भन्ने हेतुले गठन भएको समितिले व्यवसायलाई स्वस्थ र प्रतिस्पर्धी बनाउन राज्यको नीति नियम अवलम्बन गर्ने गरी अगाडि बढ्ने अध्यक्ष ढकालले बताउनुभयो । उद्योगको सञ्चालनबाट मात्र व्यवसायीहरुको संरक्षण र जगेर्ना हुने भन्दै त्यस अनुसारको वातावरण निर्माण गर्नु अबको जिम्मेवारी रहेको नवनिर्वाचित समितिले जनाएको छ ।

निवर्तमान अध्यक्ष याेगेश खत्रीकाे अध्यक्षतामा सञ्चालन भएकाे चुनावी साधारण सभा सुर्खेत उद्याेग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे निर्वाचन मण्डलका संयाेजक दिपबहादुर रानाले जानकारी दिनुभयाे ।

प्रतिकृया दिनुहोस्